कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोकसेवा विज्ञापनमा ४,४१,१४१ आवेदन

काठमाडौँ — लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि प्रकाशित विज्ञापनमा ४ लाख ४१ हजार १ सय ४१ जनाले आवेदन दिएका छन् । ९ हजार १ सय ६१ पदका लागि गरेको विज्ञापनमा माग गरेको पदभन्दा ४८ गुणा बढी दरखास्त परेको हो ।

लोकसेवा विज्ञापनमा ४,४१,१४१ आवेदन

ती आवेदकबाट १४ करोड ४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । आवेदन दिनेमा १ लाख ३ हजार ५ सय ६७ जना महिला, ४३ हजार ३ सय २० आदिवासी जनजाति, २४ हजार ९० मधेसी, ३ हजार ९१ दलित, १ सय ४६ अपांगता भएका व्यक्ति र १ सय १६ जना पिछडिएका क्षेत्रका व्यक्ति छन् ।


आयोगले ५ सय १५ स्थानीय तहमा रिक्त ९ हजार १ सय ६१ पदका लागि जेठ १५ मा विज्ञापन गरेको थियो । असार १० सम्म आवेदन दिने म्याद तोकिएको थियो । दोब्बर दस्तुर तिरेर आवेदन गर्ने मिति मंगलबारसम्म थियो । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले लोकसेवाको विज्ञापन समावेशी नभएको जिकिरसहित रद्द गर्न निर्देशन दिएको थियो । सर्वोच्च अदालतले मंगलबार विज्ञापनलाई वैधानिकता दिएपछि प्रक्रिया अघि बढाउने सम्बन्धमा रहेको अन्योल हटेको छ । विज्ञापनविरुद्धमा परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश दिएको थियो ।

प्रकाशित : असार १९, २०७६ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?