कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लेदोले गल्छीमा फेरि राजमार्ग ठप्प

हरिहरसिंह राठौर

धादिङ — वर्षाले बगाएर ल्याएको बालुवा र लेदोका कारण शनिबार पृथ्वी राजमार्ग अन्तर्गत धादिङकाे गल्छी–बैरेनीमा सडकखण्ड ठप्प भएको छ । गल्छीको गर्दुखोलादेखि बैरेनीको महेशदोभानसम्म करिब डेढ किलोमिटर बालुवा र लेदो भरिएकाे छ ।

लेदोले गल्छीमा फेरि राजमार्ग ठप्प
लेदोले गल्छीमा फेरि राजमार्ग ठप्प

गत शुक्रबार पनि लेदोका कारण ११ घण्टा राजमार्ग अवरुद्ध भएकाे थियाे । स्थानीय बालुवा व्यापारीले डोजर प्रयोग गरि बालुवा झिके पछि राजमार्ग संचालनमा आएको थियो ।

लेदोले गल्छीमा फेरि राजमार्ग ठप्प

शनिबार पनि गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठको बालुवाखानी हुँदै आएको लेदो र रातोमाटोले बैरेनी महेशदोभान खोला पूरै भरिएको छ ।

लेदोले गल्छीमा फेरि राजमार्ग ठप्प

राजमार्ग बिहानै देखि जाम भएको छ । लेदो हटाउने प्रयास भैरहेको बैरेनीस्थित प्रहरी चौकी इन्चार्ज सई जनक बस्नेतले बताए ।

लेदोले गल्छीमा फेरि राजमार्ग ठप्प

लेदोले गल्छीमा फेरि राजमार्ग ठप्प

लेदोले गल्छीमा फेरि राजमार्ग ठप्प

लेदोले गल्छीमा फेरि राजमार्ग ठप्प


प्रकाशित : असार १४, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?