कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्रीलाई कालोझन्डा देखाउँदा झडप

भवानी भट्ट

कञ्चनपुर — खानेपानी तथा सरसफाइ मन्त्री विना मगरलाई कालो झन्डा देखाउने क्रममा झडप हुँदा २ जना घाइते भएका छन् । मंगलबार बिहान कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजारमा कालोझन्डा देखाउने क्रममा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो । 

मन्त्रीलाई कालोझन्डा देखाउँदा झडप

झडपमा कांग्रेसका विक्रम चन्द र गोपी उपाध्याय घाइते भएका प्रहरीले जनाएको छ । उपाध्यायको हातमा सामान्य चोट लागेको छ भने चन्दको टाउकोमा चोट लागेर धनगढीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पुनर्वासका इन्चार्ज प्रहरी निरीक्षक कर्ण बमले बताए ।


मन्त्री मगर मंगलबार बिहानै बेलौरी र पुनर्वास नगरपालिकाको नगरसभा उद्घाटनका लागि आउने क्रममा कांग्रेसका कार्यकर्ताले डोकेबजारमा कालोझन्डा देखाउने खोजेका थिए ।


नेकपाका कार्यकर्ताले उक्त प्रदर्शन रोक्न खोज्दा झडप भएको हो । कांग्रेसका कार्यकर्ताले हुलाकी सडक निर्माणमा ढिलाइ भएको, एसएसबीले हुलाकी सडकमा अवरोध पुर्‍याउँदा पनि नबोलेको लगायतका विषय राख्दै विरोध जनाएका हुन् । डोकेबजारमा अवरोधपछि मन्त्री मगर बेलौरी र पुनर्वास नगरपालिकाको नगरसभा उद्घाटनमा पुगेकी हुन् ।

प्रकाशित : असार १०, २०७६ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?