कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कतारमा अलपत्र नेपाली भन्छन्-  ‘हामीलाई नेपाल फर्कन सहयोग गर्नुहोस्’

डम्बरसिं राई

खोटाङ — कतारमा अलपत्र ७ नेपाली अझै समस्याको सामना गरिरहेका छन् । मे २२ तारिख अर्थात् जेठ ८ गते त्यहाँ पुगेका उनीहरुले नेपाल फर्कन सहयोग मागेका छन् । मेनपावर कम्पनीले संझौताअनुसार काम नदिएकाले उनीहरु अलपत्र परेका हुन् । उनीहरु कतारको दोहा नज्मा भन्ने ठाउँमा छन् । दुई दिनअघिसम्म भने दोहाको अल्सादमा थिए ।

कतारमा अलपत्र नेपाली भन्छन्-  ‘हामीलाई नेपाल फर्कन सहयोग गर्नुहोस्’

अलपत्र पर्नेहरुमा खोटाङ केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका २४ वर्षीय सुमन तामाङ, २१ वर्षीय तेजबहादुर अधिकारी, २४ वर्षीय टिकाराम खत्री, १९ वर्षीय कविराज खत्री छन् । त्यस्तै काठमाडौं थानकोटका २१ वर्षीय भुवन तामाङ, काभ्रे धुनिखेलका २३ वर्षीय सनकुमार तामाङ, रसुवाको कालिका गाउँपालिका–२ का २४ वर्षीय राजन मोक्तान समेत अलपत्र परेका छन् ।


उनीहरु काठमाडौंको गोगंबुस्थित पश्चिम नेपाल ओभरसिज प्रालिमार्फत कतार पुगेको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका सुमन तामाङले बताए । ‘हामीलाई १२ देखि १४ सयसम्म तलब दिने भनेर प्रतिव्यक्ति एक लाख ५० हजार रुपैयाँ लिए’ तामाङले भने–‘तर त्यसको बदला कतार ल्याएर हामीलाई अलपत्र पार्‍यो ।’ तामाङले अनुरोध गरे–‘हामी नेपाल फर्कन चाहन्छौं, सहयोग गर्नु पर्‍यो ।’


त्यहाँस्थित दूतावास जाने खर्चसमेत नहुँदा थप समस्यामा परेको उनीहरुले बताएका छन् । ‘दूतावास जाने खर्च पनि छैन ।’ तामाङले भने–‘अब के गर्ने भन्ने नै थाहा छैन ।’ आफूहरु अलपत्र परेको समाचार आएपछि तीन दिनदेखि सन्देश केसी नामको व्यक्ति आएर नेपाल पठाउँने आश्वासन दिए पनि अहिलेसम्म नपठाएको तामाङले सुनाए । ‘समाचार आएपछि सन्देश केसी भन्ने एजेन्ट आएर नेपाल फर्काउने आश्वासन दिएको छ ।’ तामाङले भने–‘डुबेको पैसाको कुरा गर्दा यसको जिम्मेवारी नहुने भन्छ ।’


यसबारेमा नेपाली दूतावासमा फोन गर्दासमेत बेवास्ता गरेको तामाङले गुनासो गरे । खोटाङ सेवा समाज कतारका अध्यक्ष रुद्र शर्माले आफूहरुको तर्फबाट सहयोग हुने बताए पनि पछिल्लो समय भेट हुन नसकेको तामाङको भनाइ छ ।

प्रकाशित : असार ६, २०७६ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?