कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली भाषा बिग्रेकामा चिन्ता छ : प्रधानमन्त्री 

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले केही सञ्चारमाध्यमले नेपाली भाषा बिगारेकामा चिन्ता लागेको बताएका छन् । नेपाली सामज शिष्ट, सभ्य र मर्यादित समाज भएकाले यसको भाषा बिग्रनु आफैँमा चिन्ताको विषय भएको उनको जोड थियो । “हाम्रो टेलिभिजनले कसैलाई तपाईं भन्न जान्दैन, तपाईं भन्ने शब्द नै हराइसक्यो”, प्रधानमन्त्रीको भनाइ थियो ।

नेपाली भाषा बिग्रेकामा चिन्ता छ : प्रधानमन्त्री 

मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाललाई गुरु थापेर हाम्रा स्थापित सञ्चारमाध्यम पनि त्यतै बरालिएकामा गुनासो गरे । नेपाली भाषामा आदरार्थी शब्द पनि भएको भन्दै उनले भाषा बिगारेकामा असन्तुष्टिसमेत जनाए ।


सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री ओलीले सञ्चार जगतलाई पनि मर्यादित र जिम्मेवार हुन आग्रह गरे । “सञ्चार जगत लोकतन्त्रको खम्बा हो तर आज हामी सञ्चारका क्षेत्रमा सङ्क्रमणकालीन अवस्थामा छौँ, हाम्रो सामाजिक मूल्यमान्यता हराइसक्यो”, प्रधानमन्त्रीले भने, “हरेक भाषाको आ–आफ्नो मर्म हुन्छ तर हाम्रा सञ्चारमाध्यममा मर्म हराउँदै आएको छ । नेपाली सञ्चारमाध्यमले बाबुलाई पनि तिमी, आमालाई पनि तिमी भन्न सिकाएका छन् । यहाँबाट आदरार्थी शब्द हराइसक्यो ।”

प्रकाशित : असार ३, २०७६ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?