कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भियतनाम, कम्बोडिया र थाइल्यान्डमा नेपाल घुम्ने निम्तो

नेपालको बौद्ध पर्यटन प्रवर्द्धन

काठमाडौँ — धार्मिक पर्यटनको रूपमा बौद्धमार्गीलाई भित्र्याउने लक्ष्यसहित एक समूहले भियतनाम, कम्बोडिया र थाइल्यान्डमा नेपालको बौद्ध सम्पदाबारे प्रवर्द्धन गरेको छ ।

भियतनाम, कम्बोडिया र थाइल्यान्डमा नेपाल घुम्ने निम्तो

नेपाल पर्यटन बोर्डले सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स, नेपाल (सोट्टो नेपाल) सँग सहकार्य गर्दै ‘नेपाल सेल्स मिसन २०१९’ नाम दिइएको बौद्ध पर्यटन प्रवर्द्धन भियतनामको हनोई, कम्बोडियाको नोमपेन र थाइल्यान्डको बैंककमा कार्यक्रम आयोजना गरी आइतबार स्वदेश फर्कियो । सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनीसम्बन्धी वृत्रचित्र तीनै स्थानमा प्रदर्शन गरिएको थियो । नेपाली टोली र स्थानीय पर्यटन व्यावसायीबीच अन्तरक्रिया पनि आयोजना गरिएको थियो ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह-सचिव घनश्याम उपाध्यायले नेपाल भ्रमण वर्ष २०२० राष्ट्रिय अभियानका अवसरमा स्वदेशी र विदेशी पर्यटन व्यवसायीहरूलाई थप व्यावसायिक सम्बन्ध विस्तार गर्न आग्रह गरेका थिए । सोट्टो नेपालका अध्यक्ष मधुसुदन उपाध्यायले बौद्ध धार्मिक पर्यटन केन्द्रको रूपमा नेपाल भ्रमण प्याकेज बिक्री गर्न पर्यटन व्यवसायीहरूलाई सुझाव दिएका थिए ।


थाइल्याण्डका लागि नेपालका राजदूत गणेश प्रसाद ढकालले नेपाल र थाइल्याण्डको साठी वर्ष पुरानो दौत्य सम्बन्धको स्मरण गर्दै थाइल्याण्डका जनतामा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीप्रति अगाध आस्था रहेकोले लुम्बिनीलाई भ्रमण प्याकेजमा समावेश गर्न थाई पर्यटन व्यवसायीहरूलाई आग्रह गरे ।


सन् २०१८ मा थाईल्याण्डबाट ५३,२५० भियतनामबाट १२,४५४ र कम्बोडियाबाट ३,७९० पर्यटक नेपाल आएका थिए । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा यो सङ्ख्यामा ठुलो वृद्धि हुने सोट्टो नेपालका अभ्यक्ष मधुसूदन उपाध्यायको विश्वास छ ।

प्रकाशित : असार २, २०७६ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?