गुठी विधेयकको विरोधमा नेवा मुस्लिम समाजको ऐक्यवद्धता [तस्बिरहरु]
काठमाडौँ — गुठी सम्बन्धी कानुन संशोधन गर्न संसदमा दर्ता भएको विधेयकको विरोधमा नेवा मुस्लिम समाज पनि आन्दोलित भएको छ । नेवा मुस्लिम समाजले इन्द्रचोकमा कोणसभा गर्दै सरकारले संसदमा दर्ता गराएको गुठी सम्बन्धी विधेयकले काठमाडौं उपत्यकाको संस्कृतिलाई ध्वस्त बनाउने बताएका थिए । उनीहरुले विधेयक खारेजको माग गरेका छन् । उक्त कार्यक्रमा इन्द्रचोक, असन लगायतका क्षेत्रमा बसोबास गर्ने मुसालमान समुदायका अगुवाहरुले सहभागिता जनाएका थिए ।