कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गेजुवा सम्पर्कमा छैन : ऊर्जा मन्त्री 

विमल खतिवडा

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले बुढी गण्डकी जल विद्युत् आयोजनाको ठेक्का दिने भनिएको गेजुवा कम्पनी पुसदेखि सम्पर्कमा नआएको बताएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिले सोमबार आयोजना गरेको छलफलमा बोल्दै मन्त्री पुनले तीन पटक वार्ता भए पनि त्यसपछि फर्किएर नआएको बताए । 

गेजुवा सम्पर्कमा छैन : ऊर्जा मन्त्री 

‘गेजुवासँग तीन राउन्ड वार्ता भयो,वार्ता अनुसार सामान्य छलफल भयो,’ उनले भने,‘ छलफलपछि गेजुवा फर्किएर आएको छैन । त्यसैले गेजुवालाई ठेक्का दिन लागियो भन्न मिल्दैन ।’ ०७५ असोज १४, ०७५ पुस ३ र ४ मा गेजुवासँग आयोजना निर्माण्का सम्बन्धमा वार्ता भएको थियो ।


‘वार्तापछि फ्रेम वर्क एग्रिमेन्टको प्रक्रिया मोटामोटी रूपमा टुंग्याई क्याबिनेटमा पठाउने गरी अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा हस्ताक्षर गर्न पठाइयो,’ उनले भने,‘ कुरा चल्दाचल्दै पुसदेखि गेजुवा आएको छैन । यति ठुलो लगानीकर्ता पक्कै पनि हामीलाई पर्खिएर बसेको छैन होला, कता गयो थाहा छैन ।’


सरकार र मन्त्रालयको प्राथमिकता मुआब्जा निर्धारण गरी काम अगाडी बढाउने भन्ने रहेको बताए । ‘बजेटको अभाव छैन, अर्को वर्ष मुआब्जाको समस्या सक्छौँ,’ उनले भने,‘ यो बेलासम्म कस्तो बनाउने भनेर मोडालिटि पनि तयार हुन्छ , यो आयोजना हामी बनाउँछौँ, बनाउने गरी नै काम भइरहेको छ ।’


मन्त्री पुनले १२ सय मेगावाटमै आयोजना बन्ने स्पष्ट पारे । गेजुवा चीनको सरकारी स्वामित्वमा रहेको कम्पनी हो । बुढीगण्डकी जल विद्युत् आयोजना गोरखा र धादिङमा पर्छ ।

प्रकाशित : जेष्ठ २०, २०७६ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?