कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजेट भाषण : उर्जा क्षेत्रका लागि ८३ अर्ब ४९ करोड 

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेट पेश गर्दै सबै प्रदेशमा कम्तिमा २ ठूला विद्युत आयोजना वा सौर्य ऊर्जा आयोजना स्थापना गरिने बताएका छन् । अर्थमन्त्री खतिवडाले ऊर्जा क्षेत्रका लागि कुल ८३ अर्ब ४९ करोड बजेट विनियोजन गरेको बताए । 

बजेट भाषण : उर्जा क्षेत्रका लागि ८३ अर्ब ४९ करोड 

यस्तै प्रदेश २, कर्णाली र सुदूरपश्चिमलाई पूर्णरुपमा उज्यालो बनाइने बताएका छन् । उनले बुढीगण्डकीलाई १३ अर्ब, बुढीगंगालाई २ अर्ब २ करोड रकम विनियोजन गरिएको पनि बताएका छन् । तमोरलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा विकास गरिने तथा नौमुरेको निर्माण विधि तय गरिने बताएका छन् ।


यसका साथै क्षेत्रिय विद्युत व्यापारको लागि आन्तरिक र अन्तरदेशिय विद्युत प्रणाली सुधारिने बताएका छन् । यस्तै ग्रामिण विद्युतिकरणको लागि ४ अर्ब ५० करोड विनियोजन गरिएको र फोहोरबाट ऊर्जा उत्पादनका लागि प्रोत्साहन गरिने बताएका छन् ।


उनले अनुमति पत्र लिएर काम नगर्नेको अनुमति पत्र पुनरावलोकन गरिने समेत बताएका छन् ।


प्रकाशित : जेष्ठ १५, २०७६ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?