कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजेट भाषण : आगामी वर्ष ‘वृक्षारोपण वर्ष’

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेट पेश गर्दै आउँदो वर्ष वृक्षरोपण वर्षको रुपमा मनाउने घोषणा गरेका छन् । यस्तै राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ७४ करोड विनियोजन गरेको बताएका छन् । यो कार्यक्रमको संरचना परिवर्तन गरिने पनि उनले उल्लेख गरेका छन् ।

बजेट भाषण : आगामी वर्ष ‘वृक्षारोपण वर्ष’

यस्तै प्रधानमन्त्री कृषि आधुनिककरण परियोजनाका लागि ८ अर्ब बजेट विनियोजन गरेको बताएका छन् । त्यसका साथै रसायनीक मल खरिद अनुदान ५० प्रतिशतले वृद्धि गरी ९ अर्ब रुपैयाँ पुर्‍याइएको छ ।

अर्थमन्त्री खतिवडाले कृषि तथा पशपुपंक्षी विकासका लागि ३४ अर्ब ८० करोड विनियोजन गरेको जानकारी दिएका छन् । यस्तै सिंचाई क्षेत्रका लागि २३ अर्ब ६३ करोड बजेट विनियोजन गरिएको छ ।


प्रकाशित : जेष्ठ १५, २०७६ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?