कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजेट भाषण : यस्ता छन् बजेटका विशेषता र विनियोजित रकम 

काठमाडौँ — सरकारले बुधबार संसद्‌मा आर्थिक वर्ष २०७६/०७७ को लागि बजेट प्रस्तुत गरेको छ । सरकारको तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले अपराह्न ४ बजेपछि बजेट भाषण सुरु गरेका हुन् ।

बजेट भाषण : यस्ता छन् बजेटका विशेषता र विनियोजित रकम 

अर्थमन्त्रीले घोषणा गरेका बजेटका विशेषताहरु र क्षेत्रगत विनियोजन प्रारम्भिक रुपमा यहाँ उल्लेख छन् ।

कृषि सामग्रीमा अनुदान । यान्त्रिकरणमा पुँजीगत अनुदान । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई बजेट । फापर र भटमासको जोन बनाइने ।

प्रदेश र स्थानीय तहको अन्तर आबद्धता सुदृढ गर्न ४ बर्ष भित्र सम्पूर्ण स्थानीय तहका केन्द्रका सडकलाई कालो पत्रे गरेर प्रदेश तहको राजधानीसंग जोडिने छ । संघ ,प्रदेश र स्थानीय तहको सह लगानीमा ५ अर्ब ७ करोड विनियोजन गरेको अर्थमन्त्री बताए ।

  • प्रदेशका लागि ५५ अर्ब ३० करोड र स्थानीय तहका लागि ८९ अर्ब ९५ करोड विनियोजन
  • उर्जा क्षेत्रका लागि ८३ अर्ब ४९ करोड
  • 'आफ्नो गाउँ, आफैं बनाऊ' नारा ब्यूँताइयो, श्रम रोजगारमा ७ अर्ब
  • वृद्धभत्ता ३ हजार पुग्यो, एकल महिलाले मासिक २ हजार पाउने
  • आगामी वर्ष युवा परिचालन वर्षको रुपमा मनाउने
  • सडक मर्मतको लागि पेट्रोलियम पदार्थमा थप १ रुपैयाँ कर
  • विद्युत् उत्पादन दोब्बर हुने
  • विदेशी लगानीकर्ताको आकर्षक गन्तव्य बन्ने आधार तय
  • सामाजिक सुरक्षाको विस्तार, उत्पादन शक्तिको विकासमा प्राथमिकता
  • यसै वर्ष उपत्यकामा ३ हजार मानिस अट्ने सभाहल
  • आगामी वर्ष ‘वृक्षारोपण वर्ष’
  • स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रत्येक सांसदलाई ६ करोड बजेट
  • ९ अर्ब रासायनिक मलको अनुदान । अभाव हुन नदिने ।
  • सबै प्रदेशमा नमूना अर्ग्यानिक कृषि फार्म स्थापना गर्न प्रोत्साहन गरिने ।
  • सबै प्रदेशमा खाद्य गुणस्तर प्रयोगशाला स्थापना गरिने ।
  • मझौता तथा साना किसानलाई परियोजना अनुसार ऋण उपलब्ध गराउन १ अर्ब विनियोजन ।
  • आगामी ५ वर्षमा फलफूल बाली दोब्बर बनाइने ।
  • तराईमा सय बिगाहा बढि जमिनमा एकीकृत खेति गर्नेलाई सहुलियत ।
  • दूध माछामासु र ताजा तरकारीमा आत्मनिर्भर बन्ने गरी काम गरिने ।
  • कबुलियत र सामूहिक खेतिमा प्राेत्साहन गर्न ५० करोड विनियोजन ।
  • १३ लाख जेष्ठ नागरिक लाभ हुने गरी सरकारले बृद्ध भत्तालाई २ हजारबाट ३ हजार बनाएको छ ।
  • ७० वर्ष माथिका जनताको बीमा रकम सरकारले व्यहोर्ने कार्यक्रम निरन्तर ।
  • हरेक स्थानीय तहमा जेष्ठ नागरिक केन्द्र खोल्ने निर्णय ।
  • योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम । यसको लागि ६४ अर्ब ५० करोड विनियोजित ।
  • अपांगता भएका व्यक्तिका लागि रोजगारीको व्यवस्था मिलाइने ।
  • बाल संरक्षण अनुदानमा १ अर्ब ६४ करोड विनियोजन । ३ लाख ५० हजार बालबालिका लाभान्वित हुने ।
  • युवा स्वरोजगार कोष र राष्ट्रिय युवा परिषद्को संरचना परिवर्तन गरिने ।
  • आगामी वर्ष युवा परिचालनको वर्षको रुपमा मनाइने ।
  • अतिक्रमित सरकारी जग्गा आगामी वर्ष सरकारीकरण गरिसक्ने
  • आगामी वर्ष युवा वैज्ञानिक सम्मेलनको आयोजना गरिने ।
  • रोजगार सेवा केन्द्रमा दर्ता भएकाहरुलाई स्थानीय विकास निर्माणमा लगाउनुपर्ने । रोजगारी कार्यक्रमको लागि ५ अर्ब १ करोड ।


प्रकाशित : जेष्ठ १५, २०७६ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?