बजेट भाषण : आगमी वर्ष युवा परिचालन वर्षको रुपमा मनाउने 

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले अगामी आर्थिक वर्ष युवा परिचालनको वर्षको रुपमा मनाउने भएको छ । आर्थिक वर्ष २०७६/०७७को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्ष युवा परिचालनको वर्षको रुपमा मनाउने बताएका हुन् । नेपाल स्काउट,राष्ट्रिय युवा परिषद जस्ता संस्थाहरु मार्फत युवाहरुलाई विपत,वातवरण संरक्षण जस्ता कार्यहरुमा लगाइने उनले बताए । 


यस्तै सरकारले युवा वैज्ञानिक सम्मेलन गर्ने बताएको छ। अपांगता भएका व्यक्तिहरुका लागि रोजगारीका कार्यत्रम सञ्चालन गर्ने सरकारको योजना छ। अपांगता भएका व्यक्तिहरुको दक्षता र क्षमता विकासका लागि शिक्षा र तालिमको व्यवस्था मिलाइएको अर्थमन्त्रीले खतिवडाले बताए।
सामाजिक सुरक्षा योजना कार्यक्रमका लागि ६४ अर्ब ५० करोड,प्रधानमन्त्री रोजगारी कार्यत्रमका लागि ५ अर्ब १ करोड र श्रम तथा रोजगार क्षेत्रका लागि ७ अर्ब १४ करोड विनियोजन गरेको छ।

प्रकाशित : जेष्ठ १५, २०७६ १६:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बजेट भाषण : सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक, एक विद्यालय एक खेलकुद शिक्षक

सुदीप कैनी

काठमाडौँ — सामुदायिक विद्यालयहरुमा स्वयमसेवक शिक्षक राखिने भएको छ । शिक्षक दरबन्दी अभाव भएका सामुदायिक विद्यालयहरुमा स्वयमसेवक शिक्षक राख्न १ अर्ब ५ करोड बजेट छुट्टाइएको छ । सामुदायिक विद्यालयहरुमा विज्ञान, गणित र अंग्रेजी शिक्षकको अभाव छ । उक्त बजेटबाट ती विषयमा स्वयसेवक शिक्षक खटाउने सरकारको लक्ष्य छ ।

पुनर्निर्माण भएका विद्यालयमध्ये भटौलीमा निर्माण भएको नर्वदेश्वर माविको एक भवन । तस्बिर : टीकाप्रसाद/कान्तिपुर

सरकारले आगामी वर्षका लागि शिक्षा क्षेत्रमा १ खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन गरेको हो। गत वर्षको तुलनामा यो करिब २९ अर्बले बढी हो। गतवर्ष १ खर्ब ३४ अर्ब ५० करोड ८७ लाख बजेट छुट्याइएको थियो।

त्यस्तै सरकारले मुलुकभरका सार्वजनिक विद्यालयमा खेलकुद शिक्षक व्यवस्था गर्ने भएको छ। अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गर्दै एक विद्यालय एक खेलकुद शिक्षक राख्न ५ अर्ब बजेट विनियोजन गरिएको जनाए। सरकारले आगामि आर्थिकवर्ष भित्र ७० जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने भएको छ। सार्वजनिक विद्यालयहरुको सुधारका लागि राष्ट्रपति शैक्षिक विकास कोषको स्थापना गरिनेछ। सामुदायिक विद्यालय सुधार दशक मनाउने अर्थमन्त्री खतिवडाले जनाए।

आगामी आवमा ३ सय विद्यालयमा सुविधा सम्पन्न भवन निर्माण सरकारले बजेट विनियोजन गरेको हो। दुर्गम क्षेत्रमा आवासिय विद्यालय संचालन गर्ने सरकारको योजना छ। एकीकृत प्रणालीबाट विद्यालय देखि उच्चशिक्षसम्म छात्रवृत्ति वितरण गर्ने व्यवस्था मिलाएको उनले जनाए। आर्थिक रुपमा विपन्न र अपाङ्गता भएका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति वितरण गर्न ३ अर्ब बजेट विनियोजन गरिएको छ। विद्यार्थी न्युन रहेका विद्यालय विद्यालयको समायोजन र एकीकरण गर्न ४७ करोड बजेट छुट्याइएको छ। 'चिनौ आफ्नै माटो बनाऔं आफ्नै देश' भन्ने नाराका साथ सरकारले प्राविधिक शिक्षामा जोड दिए अर्थमन्त्री खतिवडाले जनाए। आधारभुत तहमा रंगिन पाठयपुस्तकको व्यवस्था गर्न सरकारले २ अर्ब बजेट विनियोजन गरेको छ। यसवर्ष विस्तार हुन बाँकी २ सय २१ स्थानीय तहमा आगामी आवा भित्र प्राविधिक शिक्ष्ाा पूर्‍याइ सक्ने बजेटमा उल्लेख छ।

बालबालिकालाई दिबा खाजा आमा मार्फत उपलब्ध गराउने व्यवस्था गरिएको छ भने छात्राहरुलाई सेनेडरी प्याड उपलब्ध गराउन बजेट छुट्याइएको छ। ८३ हजार युवालाई प्राविधिक तथा व्यावसायिक सिप सम्बन्धित तालिम दिने सरकारको लक्ष्य छ। प्रत्येक प्रदेशमा प्रादेशिक प्राविधिक शिक्षालय स्थापना गर्ने बजेटमा उल्लेख छ। उच्चशिक्षाको सुधारका लागि विश्वविद्यालयहरुको छाता ऐन ल्याइने अर्थमन्त्री खतिवडाले बताए। विश्वविद्यालय अनुदान आयोगका लागि १७ अर्ब अनुदान विनियोजन गरिएको छ। प्रत्येक जिल्लामा प्राविधिक धारको आंगिक क्याम्पस खोल्ने बजेटमा भनिएको छ।

प्रकाशित : जेष्ठ १५, २०७६ १६:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT