सुमार्गीको रकम नरोक्न सर्वोच्चको परमादेश *

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नाममा आएको श‌ंकास्पद वैदेशिक लगानी नरोक्न सरकार र राष्ट्र बैंकको नाममा परमादेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश बमकुमार श्रेष्ठको मंगलबारको इजलासले सुमार्गीको रकम निकास गर्न आदेश दिएको हो।


* सर्वोच्च अदालतले सुमार्गीको मुद्दाको पेसी सूचीमा परमादेश जारी भएको भनी जनाएको थियो। कुनै विषयवस्तु उल्लेख नगरी परमादेश जारी भन्ने शब्द प्रयोग गरेकाले निवेदनको मागबमोजिम आदेश जारी भएको भनी सञ्चारमाध्यमहरुले समाचार सम्प्रेषण गरेका थिए। पछि मात्रै सर्वोच्च अदालतले निवेदन बमोजिम नभई अन्य विषयमा आदेश जारी गरिएको भनी प्रेस नोट जारी गरेको छ। मुद्दाको संक्षिप्त एवं विस्तृत पाठ तयार भइसकेको छैन।
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सन् २०१८ मा चलचित्र प्रचारमै भारतमा ६ अर्ब ६ करोड भारु खर्च

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतमा सन् २०१८ मा एक हजार ८७ वटा चलचित्रहरु रिलिज भए । जसमध्ये आयुष्मान खुराना, अक्षय कुमार र रणवीर सिंहका चलचित्र चम्किए ।

हलिउडपछिको ठूलो सिने उद्योग बलिउडमा चलचित्र प्रसारप्रसारका लागि करोडौं भारु खर्च हुने गरेको छ। भारतमा चलचित्रको प्रचारप्रसारको व्यापार ठूलो छ। सो-बीजको दोस्रो संस्करणमा ग्रपएम ईएसपीले निकालेको एक रिपोर्टमा सन् २०१८ मा चलचित्रको प्रचारप्रसारमा मात्रै भारतमा ६ सय ६ करोड भारु खर्च भयो।

उक्त रकम मध्ये टेलिभिजन मार्केटिङमा २ सय ८५ करोड , डिजिटल मार्केटिङमा १ सय ७० करोड रुपैयाँ खर्च भएको जनाउदै भारतीय अनलाईन कोइमोइले जनाएको छ। २ सय ८५ करोड मध्ये ७९ प्रतिशत बलिउड चलचित्र र १८ प्रतिशत हलिउड चलचित्रको प्रचारप्रसारमा खर्च भएको थियो।

सफल भएका चलचित्रहरुले औसतमा ६ करोड ३३ लाख खर्च गरेको उक्त अनलाईनले जनाएको छ।यस्तै सन् २०१८मा फिल्म रिलिज १४ प्रतिशतले बढेको छ। सन् २०१७ मा ९ सय ५१ चलचित्र रिलिज भएका थिए।

केही चलचित्रहरुले विज्ञापनमा कम खर्च गरेपनि राम्रो आम्दानी गरेका थिए। आयुष्मान खुरानाको 'बधाई हो', रणवीर सिंहको 'सिम्हा' र 'पद्मावत', टाइगर श्राफको 'बाग्गी-२',अक्षय कुमार र रजनीकान्तको '२‍.०' ले विज्ञापनमा कम खर्च गरेपनि हिट भएका थिए।

नेपालमा चलचित्र प्रचारप्रसारको व्यापार वार्षिक रुपमा १० करोडको हाराहारीनमा हुने अनुमान छ।

प्रकाशित : जेष्ठ १४, २०७६ १७:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT