कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द समूहका इन्चार्ज घलानलाई जेल

हेटौंडा — चन्द समूहका मकवानपुर इन्चार्ज वीरबहादुर घलान जिल्ला अदालत मकवानपुरले माग गरेअनुसार धरौटी नबुझाएपछि जेल चलान भएका छन् । जिल्ला न्यायाधीश ध्रुवकुमार पियाको इजलासले सोमबार २५ हजार रुपैयाँ धरौटी लिई घलानलाई तारिखमा छाड्न आदेश दिएको थियो ।

चन्द समूहका इन्चार्ज घलानलाई जेल

अदालतको मागअनुसार धरौटी नराखेका कारण अदालतले उनलाई भीमफेदी जेल पठाएको हो । जिल्ला अदालत मकवानपुरमा वैशाख १५ गते १८ हजार रुपैयाँ धरौटी राखेर तारिखमा छुटेका घलानलाई प्रहरीले अदालतको मूल प्रवेशद्वारबाट बाहिरिने क्रममा कुटपिट, अंगभंग र अपराधी उपद्रव गरेको आरोपमा पक्राउ गरेर हिरासतमा राखेको थियो ।

प्रहरीले घलानलाई चैत २८ गते हेटौंडा उपमहानगरपालिका-८ बाट पक्राउ गरेको थियो । उनलाई त्यतिबेला अदालतमा विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइएको थियो । जिल्ला अदालतले उक्त मुद्दामा १८ हजार रुपैयाँ धरौटी लिएर तारिखमा छाड्ने आदेश दिएको थियो ।

तत्काल धरौटी नराखेकाले उनलाई वैशाख २ गते क्षेत्रीय कारागार भीमफेदीमा पठाइएको थियो । वैशाख १५ गते धरौटी राखेर तारिखमा छुटदा प्रहरीले पक्राउ गरेर पुनः मुद्दा चलाएको थियो ।

प्रकाशित : जेष्ठ १३, २०७६ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?