कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द समूहलाई राज्यले नियन्त्रण गर्छ र मूलप्रवाहमा पनि ल्याउँछ : गृहमन्त्री

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले केही समय यता नेकपा नेक्रवित्रम चन्द नेतृत्वको समूहले संविधान, शान्ति र राज्य व्यवस्थाको विरुद्ध गैरकानुनी गतिविधिहरु गर्दै आएको र त्यसलाई समाधान गर्न सरकार लागि परेको बताएका छन् । 

चन्द समूहलाई राज्यले नियन्त्रण गर्छ र मूलप्रवाहमा पनि ल्याउँछ : गृहमन्त्री

सोमबार संसदमा बोल्दै थापाले देशभर चन्द समूहले विस्फोट र आगजनी गरेको बताउँदै आइतबार साँझ भएको बम बिस्फोटमा मृत्यु भएकाहरु र पक्राउ परेकाहरु नेपाली नागरिकभन्दा पनि अपराधी रहेको बताए ।


‘नेकपा विप्लव भनिने उक्त समूह आव्हान गरेको तथाकथित बन्दले जनजीवन सामान्य रहेको छ,’ उनले भने, ‘बन्दको प्रभाव लामो दुरीका यातायात र शैक्षिक संस्थामा परेको छ । विभिन्न जिल्लामा भेटिएका बम र शंकास्पद वस्तु सेनाले निस्क्रिय पारेको छ ।’


उनले उक्त समुहलाई राज्यले नियन्त्रण गर्ने र वार्ता र संवादद्वारा एउटा मुल प्रवाहमा ल्याउने प्रक्रियालाई अगाडि बढाइरहेको प्रष्ट पारे । ‘हामी यो समूहलाई मुल धारमा ल्याउन र उनीहरुको गतिविधि नियन्त्रण गर्न प्रतिबद्ध छौं,’ उनले भने । उनले केही दिन अघि पाँचथरमा घटेको घट्ना दुःखत रहेको भन्दै चाँडोभन्दा चाँडो घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेका थिए ।


उनले बम बिस्फोटमा मृत्यु भएका र पक्राउ परेकाहरुलाई ‘गैर नागरिक’ भनेर गरेको टिप्पणीमा भने सांसदहरुले आपत्ति जनाएका थिए ।


प्रकाशित : जेष्ठ १३, २०७६ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?