कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चौध देशका स्काउट युवा पोखरामा

काठमाडौँ — नेपालसहित १४ मुलुकका स्काउट युवाको सम्मेलन पोखरामा हुने भएको छ । १६ देखि २५ वर्ष उमेर समूहका युवा स्काउट सहभागी सम्मेलनलाई स्काउट टोली ‘रोभर मुट’ भनिन्छ । नेपाल स्काउटले पहिलो पटक अन्तर्राष्ट्रियस्तरको सम्मेलन आयोजना गर्न लागेको हो । 

‘समृद्धिका लागि सहकार्य’ नाराका साथ जेठ १७ गतेबाट पाँच दिनसम्म हुने सम्मेलनमा नेपाल, भारत, बंगलादेश, फिलिपिन्स, जोर्डन, हङकङ, अमेरिका, बेलायत, मलेसिया, थाइल्यान्ड, युगान्डा, ताइवान, इजिप्ट र लग्जम्बर्गका युवा सहभागी हुनेछन् । जसमा पाँच सय विदेशीसहित पाँच हजार युवा हुनेछन् ।


‘विभिन्न जाति, भाषा, धर्म, संस्कृति र भूगोलका युवायुवतीले एउटै नारा र एउटै उद्देश्यका साथ एकै थलोमा सांस्कृतिक आदानप्रदान, भ्रातृत्व भगिनित्व विकास गर्दै समृद्ध नेपाल सुखी नेपालीको महाअभियानमा सक्रिय हुनेछन्,’ पत्रकार सम्मेलनमा नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले भने, ‘यत्तिका धेरै युवाको जमघट ऐतिहासिक घटना हो । यसले संघीय नेपालको प्रवर्द्धनमा सघाउ पुर्‍याउने ठानेका छौं ।’


सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम छ । सम्मेलनमा विश्व स्काउट संगठनका महासचिव अहमद राफी मोहम्मद अल्हेन्दावीलगायतको उपस्थिति रहने जनाइएको छ । सहभागी युवालाई गोष्ठीका अतिरिक्त मुलुकको पर्यटन प्रवर्द्धनका निम्ति रोप क्लाइम्बिङ, आमेगा जम्प, नेट क्रलिङ, ब्यालेन्सिङ बडी, स्विङ बोर्ड, रोप क्रसिङ, टाइगर जम्प, ब्याम्बो वाल्क, टायल वाल, आर्चरी, र्‍याफ्ट बोटिङ, वाटर साइक्लिङजस्ता खेलमा सहभागी गराइनेछ ।

प्रकाशित : जेष्ठ १२, २०७६ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?