सगरमाथा र मकालुमा दुई भारतीय आरोहीको मृत्यु, एक बेपत्ता

सुरज कुँवर

काठमाडौँ — सगरमाथा र मकालु हिमाल आराेहण सकेर फर्कँदै गरेका दुई भारतीयकाे बाटाेमा मृत्यु भएकाे छ । एकजना बेपत्ता छन् ।

बिहीबार दिउँसो आरोहण सकेर फर्किएका भारतीय सैनिक रवी ठाकुर राति १० बजे चौथो शिविरमा आइपुगेका थिए । ‘उनी त्यहाँ सुतेको सुत्यै भए,’ सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले कान्तिपुरसँग भने, ‘अक्सिजन अभावले उनको मृत्यु भएको खबर आएको छ ।


सैनिक ठाकुर सेभेन समिटको व्यवस्थापनमा आरोहणमा गएका थिए । ८ हजार मिटर उचाईमा रहेको शिविरबाट ठाकुरको शव उद्धार गर्न केही दिन लाग्ने बताइएको छ ।


यसैबीच यही कम्पनीको व्यवस्थापनमा संखुवासभामा रहेको मकालु हिमाल आरोहण सकेर फर्किँदै गर्दा अर्का भारतीय सैनिक नारायण सि‌ंहको पनि मृत्यु भएको अध्यक्ष शेर्पाले बताए ।


८४८१मिटर उचाईको मकालु आरोहण सकेर फर्किने क्रममा भारतको कलकत्ता घर भएका दिपंकर घोष हराइरहेका छन् ।


बिहीबार साँझ आरोहण सकेर फर्कनेक्रममा उनी हराएका थिए । ‘शेर्पाहरुले दिपंकरलाई खोज्न सकिने ठाउँसम्म पुगेर खोजे तर कतै भेटिएनन्,’ अध्यक्ष शेर्पाले भने, ‘ सायद दिपंकरको शव भेटिन ग्राहो छ ।’


यो सिजनमा अहिलेसम्म चार वटा हिमालमा कम्तीमा ५ विदेशी अरोहीको मृत्यु भइसककेको छ भने दुई विदेशी बेपत्ता भएका छन् । प्रकाशित : जेष्ठ ३, २०७६ ११:५३

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

क्याप्टेन विजय लामालाई प्रवक्ताबाट पनि हटाइयो 

शुक्रबार नागरिक उड्डयन प्राधिकरणले ग्राउन्डेड गरेको थियो लामालाई
सुरज कुँवर

काठमाडौँ — नेपाल वायुसेवा निगमले क्याप्टेन विजय लामालाई सोमबारदेखि प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ । गैरजिम्मेवारी अभिव्यक्ति दिएपछि विवादमा तानिएका क्याप्टेन लामालाई प्रवक्ताबाट हटाइएको पत्र निगमले सोमबार प्राधिकरणलाई पठाएको हो ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पुस ३ गते तत्कालीन प्रवक्ता अशोक सिग्देललाई जिम्मेवारीबाट हटाइ क्याप्टेन लामालाई दिएका थिए। एक्टीभ पाइलटलाई प्रवक्ताको जिम्मेवारी दिँदा उडान सुरक्षामा असर पर्ने जनाउँदै त्यसताकादेखि नै प्राधिकरणले कार्यकारी अध्यक्षको निर्णयमा असन्तुष्टी जनाउँदै आएको थियो। यसैबीच निगमको कार्यकारी अध्यक्षको सचिवालयले लामालाई प्रवक्ताबाट हटाइएको जनाउँदै चाँडै अर्को निर्णय हुने जनाएको छ।
चैत १९ गते राति निगमको दुबई उडान रद्दबारे पाइलट लामाले एक अनलाइन टिभीलाई 'आफ्नो मानसिक र शारिरीक अवस्था ठिक नभएको' अभिव्यक्ति दिएपछि उनलाई प्राधिकरणमाहत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले गत वैशाख ४ गते बुधबार ७ दिने स्पष्टीकरण सोधेको थियो। उक्त पत्रबारे लामाले बुझाएको स्पष्टिकरण पत्र चित्तबुझ्दो नभएपछि आइतबार प्राधिकरणले लामालाई ग्राउन्डेड गरेको थियो। 'विजय लामालाई प्रवक्ताबाट नहटाएसम्म जहाज उडाउन नदिनु' भनेर पत्र पठाएका थियौं,' ती अधिकारीले भने, 'सोमबारै निगमले उनलाई प्रवक्ताबाट हटाएको पत्र प्राधिकरणमा पठाएको छ।'

क्याप्टेन लामा नेपालको हवाई उड्डयन कानुनबारे जानकार नभएको प्राधिकरणले जनाएको छ। 'क्याप्टेन लामा नागरिक उड्डयन नियम अनुसार जहाज उडाउन फिट देखिएनन्। उनलाई हामी पहिला कानुनको कक्षामा राख्दै छौं। त्यसपछपि पनि उनको गैरजिम्मेवारी अभिव्यक्ति सुनिएमा मेडिकल जाँच गराउने छौं।' उनले आफैं तनावमा रहेको स्वीकार गरेकोले प्राधिकरणले उनलाई जाँच्नुपर्ने दायित्व रहेको ती अधिकारीले बताए।

क्याप्टेन लामालाई निगमले सोमबार प्रवक्ताबाट हटाएको पत्र।

क्याप्टेन लामाले उक्त अन्तर्वार्तामा पाइलट लगायत उड्डयनकर्मीलाई नियमन गर्ने नागरिक उड्डयन प्राधिकरणलाई 'आफ्नो इजाजतपत्र खारेज गर्न' चुनौती दिएका थिए। गत सोमबार बुझाएको स्पष्टिकरणपत्रमा उनले आफू पाइलटबाहेक नायक, पत्रकार, समाजसेवी, प्रशिक्षक पाइलट रहेको उल्लेख गर्दै स्पष्टिकरणमा कानुनी आधार नभएको जिकिर गरेका थिए।

एक अनलाइन टिभीमा पाइलट लामाले ५५ मिनेट लामो अन्तर्वार्ताका क्रममा आवेशमा आई नियमन गर्ने निकायलाई चुनौती दिएपछि उनलाई प्राधिकरणमातहत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यार्डड विभागले गत वैशाख ४ गते बुधबार ७ दिने स्पष्टीकरण सोधेको थियो। लामाले उक्त अन्तर्वार्तामा आफू तनाव, थकान, अस्वस्थ र अनिन्द्रामा रहेको भनेका छन्।

क्याप्टेन विजय लामालाई प्राधिकारणले पठाएकोग्राउण्डेड गरेकोपत्र।
विमान उडाउने मुख्य जिम्मेवारी रहने पाइलटले नै आफू तनावमा हुने गरेका लगायतका मानसिक र शारिरीक समस्याबारे व्यक्त गरेकाले उनलाई स्पष्टिकरण सोधेको थियो। त्यसअघि एयर ट्राफिक कन्ट्रोलरहरुको पेशागत संगठन नाट्काले विज्ञप्ति जारी गर्दै लामालाई कारवाहीको माग गरेको थियो।

क्याप्टेन लामाले प्राधिकरणलाई दिएको जवाफी पत्र।

निगममा ३२ वर्षदेखी कार्यरत लामा नवौं तहका वरिष्ठ क्याप्टेन हुन्। हाल उनी एयरबसको वाइडबडी उडाउँछन्।

प्रकाशित : वैशाख १६, २०७६ १८:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×