कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकार महासंघले भाेलि संसद् भवन अगाडि प्रदर्शन गर्ने

काठमाडौँ — संसद्‌मा दर्ता भएकाे मिडिया काउन्सिलसम्बन्धी विधेयक पुनः मस्यौदा गर्नुपर्ने माग गर्दै आन्दाेलित बनेकाे नेपाल पत्रकार महासंघले शुक्रबार संसद् भवन बाहिर र जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्ने भएकाे छ ।

मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकार महासंघले भाेलि संसद् भवन अगाडि प्रदर्शन गर्ने

सरकारले ल्याएको विधेयकका प्रावधानहरुले मिडिया काउन्सिल सरकार नियन्त्रित अंगका रुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने महासंघकाे निष्कर्ष छ ।

पहिलो चरणको आन्दोलनका क्रममा शुक्रबार दिउँसाे १२ बजे काठमाडौंमा संसद भवन बाहिर र जिल्लाहरुमा सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने कार्यक्रम रहेको महासंघका महासचिव रमेश बिष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएकाे छ ।

पहिलो चरणको आन्दोलन सुरु भएको एक सातासम्म पनि सम्बन्धित पक्षले मागको सुनुवाई नगरेकाले महासंघ थप आन्दोलित हुनुपर्ने परिस्थिति निर्माण भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : जेष्ठ २, २०७६ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?