कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१६ लाख भारुसहित ६ पक्राउ

काठमाडौँ — भारतमा प्रतिबन्धित भारु पाँच सय र एक हजार दरका १५ लाख ९० हजार भारतीय रुपैयाँसहित ६ जना पक्राउ परेका छन् ।

१६ लाख भारुसहित ६ पक्राउ

भारतीय नोट देखाएर ठगी गर्ने योजना बनाइरहेकाहरूलाई प्रहरी परिसर काठमाडौंले नयाँ बजारको एक होटलबाट पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ५ का शम्भु परियार, दोलखा तामाकोसी गाउँपालिका ३ का रामविक्रम खडका, पोखरा महानगरपालिका ५ का सन्तोष थापा, बागलुङ बडिगाड गाउँपालिका ५ का नवीन थापा, काभ्रे तेमाल गाउँपालिका ६ का राजेन्द्र तामाङ र धनध्वज तामाङ छन् ।

प्रकाशित : वैशाख ३०, २०७६ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?