संविधान संशोधनलाई सार्वजनिक खपतको विषय नबनाउन प्रधानमन्त्रीको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले संविधान संशोधनलाई सार्वजनिक खपतको विषय नबनाउन आग्रह गरेका छन् । वार्षिक नीति तथा कार्यक्रममा छलफलमा उठेका प्रश्नहरुको प्रतिनिधिसभामा मंगलबार जवाफ दिंदै प्रधानमन्त्रीले भने, 'हामीले बनाएको संविधान हो । संविधान जुनसुकै मौसममा पनि गीत गाउने विषय होइन । यो त पब्लिक कन्जम्सनका लागि जस्तो भयो । त्यसो नगरौं ।'

संविधान असंशोधननीय, अपरिवर्तनीय हुन नसक्ने उनले प्रस्ट पारे। प्रधानमन्त्रीले अहिलेकै सरकारले हडपिएका सार्वजनिक जमिनलाई सरकार मातहत ल्याएको स्मरण गराउँदै भने, "बालुवाटार अहिलेको सरकार बनेर मासेको हो र? अहिलेको सरकारले खुलामञ्च कब्जा गरेको हो र? बरु अहिलेको सरकारले ल्याएको हो। अहिले त छानबिन हुादैछ, खोजी हुँदैछ।'

त्यस्तै वाइडबडी घोटाला पहिले नै भएको भन्दै उनले छानबिन भइरहेको बताए। उनले वर्तमान सरकारले नै सुन तस्करीको अन्त्य गरेको दाबी गरे। "कतिपय माननीयहरुले सुन तस्करी के भयो भन्नुभयो। बन्द भयो। उनीहरु जेलमा छन्। प्वाल बन्द गरियो। ३८ क्विन्टल सुन तस्करी भएको रहेछ। त्यो सुन कहाँ गयो। पहिलेको सरकारले थाहा पाउला। अहिलेको सरकार आएपछि रोकियो" उनले भने। प्रधानमन्त्रीले ०४८ मा शिक्षक र कर्मचारीलाई यसरी पूर्वाग्रहपूर्णरुपमा लखेटिएको स्मरण गर्दै भने, 'त्यसको विरोध गर्‍यौं अब यस्ता अभ्यासहरु हुँदैनन्।"

गत वर्षबाट नीति कार्यक्रम सर्वसम्मत पारित गर्ने परम्परा बसेको बताउाँ यस पटक झन् परिमार्जित आएकोले सर्वसम्मत पारित गर्न प्रधानमन्त्रीले अपिल गरे।

प्रकाशित : वैशाख २४, २०७६ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी ओली पर्सि २६ गते भियतनाम जाने भएका छन् ।सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको जिज्ञासाको मंगलबार जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफू भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणमा जान लागेको जानकारी दिए ।

उनले २६ देखि जेठ १ गतेसम्मको भ्रमणमा पहिले भियतनाम र पछि कम्बोडिया जाने बताए ।

प्रधानमन्त्री ओलीले भ्रमणबाट मुलुकको पर्यटन प्रवर्द्धन र दुई देशबीचको सम्बन्ध सुधार लगायतमा कुराकारी हुने बताए ।



प्रकाशित : वैशाख २४, २०७६ १५:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्