कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओमनसँग श्रम सम्झौताको मस्यौदामा सहमति

होम कार्की

काठमाडौँ — नेपाल र ओमनबीच गर्ने भनिएको श्रम सम्झौताको मस्यौदामा दुई पक्षीय सहमति शुक्रबार भएको छ । नेपाल र ओमनका उच्चस्तरीय श्रम अधिकारीहरु संलग्न प्राविधिक टोलीको बिहीबार शुक्रबार काठमाडौंमा सम्पन्न बैठकले श्रम सम्झौताको मस्यौदामा सहमति भएको हो । सहमति भएको मस्यौदामा दुवै देशका अधिकारीहरुले हस्ताक्षर गरेको छ ।

ओमनसँग श्रम सम्झौताको मस्यौदामा सहमति

बैठकमा सहभागी नेपाली अधिकारीहरु अनुसार अब दुई देशको मन्त्रीस्तरीय बैठकले पारित गरेपछि श्रम सम्झौतामा हस्ताक्षर हुने भएको छ । हस्ताक्षर यथासक्य छिटो हुनेछ । सम्झौताले नेपाली श्रमिकको लागत खर्च रोजगारदाताले ब्यहार्ने, कार्यस्थलको सुरक्षा, न्यायमा सहज पहुँचलगायत विषयमा सहमति जुटेको हो ।


नेपाली कामदारलाई शून्य लागतमा वैदेशिक रोजगारीमा पठाउने सरकारले नीति लिने घोषणा भएकै दिन ओमनसँग सहमति जुटेको हो । ओमनमा झन्डै १५ हजार नेपाली कार्यरत छन् । जसमध्ये ९० प्रतिशत घरेलु सेवाअन्तर्गत कार्यरत छन् ।


नेपाल र ओमनबीचको सम्बन्धलाई सुदृढ र नेपाली कामदारको हितमा काम गर्न सरकारले पहिलोपटक दुई वर्षअघि राजदूत पठाएको हो । हाल ओमनको लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल रहेकी छिन् ।


प्रकाशित : वैशाख २०, २०७६ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?