सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौँ — सरकारको नीति तथा कार्यत्रम संघीय संसद्को संयुक्त बैठकमा शुत्रबार प्रस्तुत गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अफराह्न ४ बजे संयुक्त बैठकमा नीति तथा कार्यत्रम प्रस्तुत गर्नेछिन् । राष्ट्रपतिको सम्बोधन करिब एक घण्टाको हुने संसद् सचिवालयले जनाएको छ । 

सरकारको नीति तथा कार्यक्रम आज


प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा सरकार गठनपछि दोस्रोपटक नीति तथा कार्यक्रम प्रस्तुत गरिन लागेको हो । यही नीतिकै आधारमा सरकारले आर्थिक वर्ष २०७६×××/७७ को बजेट तयार गर्नेछ । प्रमुख प्रतिपक्ष कांग्रेसले नीति तथा कार्यक्रमअघि नै प्रि–बजेट छलफल गराउनुपर्ने माग गर्दै आएको छ । उसले सरकारले संसद् छल्न खोजेको जिकिर गरेको छ ।


गत वर्ष नीति तथा कार्यक्रमअघि नै प्रि–बजेट छलफल भएको थियो । सरकारले भने नयाँ थिति बसाल्न लागेको बताएको छ ।


राष्ट्रपतिद्वारा प्रस्तुत कार्यक्रम संसद्बाट पारित भएपछि मात्र प्रि–बजेट छलफल हुने सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आगामी २४ गतेसम्ममा नीति तथा कार्यक्रम संसद्बाट पारित गरिनेछ । नीति पारित भएपछि प्रि–बजेट छलफल हुनेछ ।


प्रकाशित : वैशाख २०, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?