कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसदको चौथो अधिवेशन सुरु, कसले के भने ?

ऋषिराम पौडेल

काठमाडौँ — प्रतिनिधि सभा अन्तर्गत संघीय संसदको चौथो अधिवेशन सोमबारदेखि सुरु भएको छ । संसदमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले यो आर्थिक वर्ष खेर फालेको आरोप लगाएका छन् । उनले जनता निराश भएको र मुलुकमा विदेशी अनुदान घटेको बताए । देउवाले मुलुकमा भूमाफियाहरुको चलखेल बढेको बताए । 

संसदको चौथो अधिवेशन सुरु, कसले के भने ?

उनले भने,‘ यो सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको भावनालाई खल्बलाएको छ । प्रेस स्वतन्त्रतामाथि आक्रमण गरेको छ । ’ कांग्रेस रचनात्मक प्रतिपक्षको भूमिकाका लागि तयार रहेको कुरा उनले उल्लेख गरे ।


नेकपाका संसदीय दलका उपनेता सुवास चन्द्र नेम्बाङले देउवाको कुराहरु खण्डन गर्दै जनता निराश नभएर उत्साहित भएको बताए । उनले सरकारले पहिलो वर्ष संघीय लोकतान्त्रिक गणतन्त्रको निश्चित आधार तयार गरेको बताउँदै मुलुकमा कानूनहरु बनेको कुरा उल्लेख गरेका थिए ।


नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकमा अहिले पनि समस्याहरु रहेको बताए । उनले उत्पादनमा केही वृद्धि देखिएपनि मुलुकको आर्थिक अवस्था सन्तोषजनक नरहेको बताए ।

बालुवाटार जग्गा प्रकरणमा आफू लगायत पूर्व प्रधानमन्त्रीहरुकहो नाम पनि जोडिएको प्रसंग निकाल्दै संयोजक भट्टराईले उचित छानबिनको माग राखे । उनले आफूबाट गल्ती भएको भए सजाय भोग्न तयार पनि रहेको बताए ।

प्रकाशित : वैशाख १६, २०७६ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?