यहाँ एमालेबाट मोहनराज रेग्मी, रास्वपाबाट रञ्जु न्यौपाने(दर्शना), नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बाट मेनुका भण्डारीलगायत राजनीतिक दलबाट २९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् भने १३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
जेन-जी आन्दोलनका बेला गृहसचिव रहेका गोकर्णमणि दुवाडीदेखि श्रम मन्त्रालयका कृष्णहरि पुष्करलगायत मुख्य सचिवको प्रतिस्पर्धामा देखिन्छन् ।
नेपाली राजनीतिक परिवर्तनको जीवित साक्षी, करिब सय वर्ष पुरानो कोइराला निवासलाई आगोको लप्काले निल्यो । चाक्सीबारीमा थियो गणेशमान सिंह चढेको बा१च ४४०१ नम्बरको ‘डेमोक्रेसी’ जिप, कांग्रेसका नेताहरूका लागि तीर्थजस्तै रहेको त्यो जिप पनि जोगिएन । सन्त नेता कृष्णप्रसाद भट्टराईले बोकेका छाता, सुराही र ट्यांका खरानीमा परिणत भए ।
प्रदर्शनकारीले लगाएको आगोले किसुनजीको पहिचान बोकेको छाता, सुराइ र ट्यांका सबै एकैछिनमा खरानी भयो ।