कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सियान पुगिन् राष्ट्रपति

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी चीनको ९ दिने राजकीय भ्रमणका क्रममा बुधबार सान्सी प्रान्तको सियान पुगेकी छन् । राष्ट्रपतिको टोलीलाई सियान विमानस्थलमा उक्त प्रान्तका उपगभर्नर हु मिङल्याङ, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल र नेपालका लागि चिनियाँ राजदूत होउ याङकीले स्वागत गरेका थिए । 

सियान पुगिन् राष्ट्रपति

चीनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालका अनुसार राष्ट्रपति भण्डारीसँग बिहीबार सान्सीका गभर्नर लिउ गोजङले भेटवार्ता गर्नेछन् । त्यसपछि भण्डारी बेइजिङका लागि प्रस्थान गर्नेछिन् ।

बेइजिङमा हुने बेल्ट एन्ड रोड इनिसियटिभ्स -बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन राजकीय भ्रमणमा निक्लेकी राष्ट्रपति भण्डारी शुक्रबार बेइजिङमा हुने बेल्ट एन्ड रोड इनिसियटिभ्स -बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा एक सय देशका प्रतिनिधिले भाग लिँदैछन् । शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङले ३७ देशका राष्ट्र तथा सरकार प्रमुखबीच राउन्ड टेबल बैठक गर्दैछन् । त्यसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, म्यानमारकी स्टेट काउन्सिलर आङसान सुकीलगायत चर्चित नेता पनि सहभागी हुँदैछन् । भण्डारीले उक्त राउन्ड टेबल बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।


यसअघि बुधबार बिहान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । राष्ट्रपति यही वैशाख १९ गते स्वदेश र्फकने कार्यक्रम छ ।

प्रकाशित : वैशाख ११, २०७६ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?