कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विप्लव नेतृत्वको नेकपामा जनपरिषद् प्रमुख पक्राउ

गोरखा — नेक्रवित्रम चन्द नेतृत्वको नेकपा समूहका जिल्ला जनपरिषद् प्रमुख ६५ वर्षीय विष्णु रिजाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

गण्डकी गाउँपालिका–७, घ्याल्चोकस्थित निवासबाट उनलाई पक्राउ गरिएको एसपी भोला रावलले बताए । उनलाई राजद्रोहमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाउने रावलले बताए ।


आइतबार भिमसेन थापा गाउँपालिका–६ अश्राङबाट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य ईश्वर पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो । पाण्डेको धादिङ कार्यक्षेत्र रहेको पाइएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय धादिङमा एनसेल टावरमा क्षति पुर्‍याएको मुद्दा दर्ता रहेकोले उनलाई सोमबार नै धादिङ पठाइएको प्रहरीले जनाएको छ ।


प्रकाशित : वैशाख ९, २०७६ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?