कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश लावारिस र कमजोर बनाउने चाल छ : दाहाल

रमेशकुमार पौडेल

चितवन — पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले अर्को खालको अराजकता र निरंकुशतातिर देश जाने हो कि भन्ने चिन्ता परेको बताएका छन् ।

प्रदेश लावारिस र कमजोर बनाउने चाल छ : दाहाल

प्रदेश-३ सरकारको प्रदेश नीति तथा योजना आयोगले शुक्रबार भरतपुरमा गरेको कार्यक्रममा दाहालले प्रदेश लावारिस र निरीह हुँदै जाने, प्रदेशको हातमा विकास, बजेटको अधिकार संकुचित हुँदै जाने र केही वर्षपछि यो बेठीक रहेछ परिवर्तन बेकारको रहेछ भन्न बनाउन चाल भइरहेकोमा चिन्ता व्यक्त गरे । दुई दिने कार्यक्रमलाई लगानी सम्मेलनका रुपमा चर्चा गरिएको छ ।


कार्यक्रममा पूर्वअर्थमन्त्री रामशरण महत, प्रदेश मन्त्री, सभामुख, उपसभामुख, विषयगत समितिका सभापतिहरु, प्रदेश सांसद, प्रमुख सचिव, सचिव, अर्थविद्, नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्शका अध्यक्षलगायत सहभागी छन् ।


प्रकाशित : वैशाख ६, २०७६ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?