कावासोतीमा बम बिस्फोट
नवलपरासी — पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीको इन्द्रचोकमा बम बिष्फोट भएको छ । जिल्ला प्रहरी कार्यालयबाट ४ सय मिटर पश्चिम ब्यस्त बजारमा बिहीबार बिहान साढे १० बजे विष्फोट भएको हो ।
राजमार्ग नजिकै रहेको झाडीमा बम बिष्फोट भएको हो । बिष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति भने भएको छैन । कावासोतीको केन्द्र इन्द्रचोकमा नै बम बिष्फोट भएपछि स्थानीय त्रसित छन् ।
उक्त स्थानमा प्रहरीले शंकास्पद बस्तु समेत फेला पारेको छ । शंकास्पद वस्तु डिष्पोजका लागि सेनाको टोली आउँदै गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित : वैशाख ५, २०७६ ११:१४प्रतिक्रिया