अख्तियार आयुक्त पाठकलाई महाअभियोग तयारी 

दुर्गा खनाल

काठमाडौँ — सत्तारुढ दल नेकपाले नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने नाममा घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउने तयारी गरेको छ ।

पाठकको घुस प्रकरणको समाचार सार्वजनिक भएपछि नेकपाले पाठक विरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गर्ने तयारी गरेको हो।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले पाठकमाथिको प्रक्रिया अघि बढ्ने संक्षिप्त प्रतिक्रिया दिएका छन्। उनले यसबारेमा आफूहरु जानकार रहेको उल्लेख गर्दै अब अन्य विषय अघि बढ्ने उल्लेख गरे।

– अख्तियार आयुक्त पाठकले घुस लिएको खुलासा

उनले भनेको अन्य विषय भनेको महाअभियोगको बाटो हो। यो बीचमै पाठकले राजिनामा दिन सक्ने सम्भावना पनि छ। यदी राजिनामा नदिए शुक्रबारसम्म संसदमा अभियोग दर्ता गर्ने गरी नेकपाका नेताहरुले हस्ताक्षर संकलनमा लागेका छन्।

पाठकको घुस प्रकरणको भिडियो प्रधानमन्त्री समक्ष पुगेको थियो। झण्डै एक महिना अघि नै यो बिषय आएपछि प्रधानमन्त्रीसहित नेकपाका नेताहरुले पाठकमाथि कसरी अघि बढ्ने भन्ने अनुसन्धान गरिरहेका थिए।

बुधबार उक्त विषयमा कान्तिपुर लगायतका सञ्चार माध्यममा समाचार सार्वजनिक भएपछि नेकपा तत्काल महाअभियोग अघि बढाउने तयारीमा लागेको हो। बुधबार बिहान बालुवाटारमा बैठक नेकपा नेताहरुको बैठक बसेको थियो।

प्रकाशित : फाल्गुन २, २०७५ १४:२२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पश्चिम वायुको प्रभावले पुन: बिग्रियो मौसम, शनिबारसम्मै देशका विभिन्न भागमा वर्षा र हिमपात

अब्दुल्लाह मियाँ

काठमाडौँ — पश्चिम वायुको प्रभावका कारण बिहीबारदेखि फेरी मौसममा बदलाव आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले फेरी लगभग देशैभरी वर्षा र हिमपात हुने बताएको छ ।

फाइल तस्बिर ।

महाशाखाकी मौसमविद मञ्जु बासीले पटक–पटक आएको पश्चिम वायुको प्रभावका कारण यो वर्षको हिउँदमा वर्षा र हिमपात बढी भएको बताइन्। उनले पश्चिमी र मध्य भागमा बिहीबार रातिदेखि नै वर्षा सुरु हुने बताइन्।

बुधबारसम्म देशैभर घाम लागे पनि बुधवार राति पश्चिम क्षेत्रबाट पश्चिमी वायु प्रवेशसँगै मौसम बिग्रिएको हो। महाशाखाले पश्चिमी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रही केहि स्थानमा हल्का वर्षा हुने प्रक्षेपण गरेको छ।

पूर्व र मध्य नेपालमा भने पश्चिमको तुलनामा कम वर्षा हुनेछ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का देखि मध्यमसम्म हिमपातको सम्भावना छ। बिहीबार राति पश्चिमी र मध्य भागका थोरै स्थानहरूमा क्षणिक वर्षाको सम्भावना रहेको सूचना महाशाखाले सम्प्रेषण गरेको छ। पूर्वी पहाडी भागका एक दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना छ।

शुक्रबार दिउँसो देशको अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी र पूर्वी भागका केहि स्थानहरूमा क्षणिक वर्षा हुने बासीले बताइन्। शुक्रबार राति मध्य र पूर्वका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

शनिबार पनि देशको अधिकांश भागमा सामान्य बदली रही देशैभर हल्का वर्षाको सम्भावना रहेको छ। मौसमविद् बासीले आइतबारदेखि भने मौसम सफा हुने जानकारी दिइन्।

प्रकाशित : फाल्गुन २, २०७५ १४:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT