एनसेल र आजियटाबाट कर असुल गराउन सर्वोच्चको आदेश 

कृष्ण ज्ञवाली

काठमाडौँ — एनसेलको पुँजीगत लाभकर यहाँ रहेको एनसेल र आजियटाबाट असुल गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासहित न्यायाधीशहरु मिरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बुधबारको इजलासले एनसेल र यससँग जोडिएका कम्पनीको रिट निवेदन खारेज गरेको हो ।

सर्वोच्चले पूर्वसचिव द्वारिकानाथ ढुंगेलसहितले दिएको निवेदनमा मात्र रिट जारी गरेको हो।अर्को रिट निवेदक भावेश गौतमको रिट निवेदनसमेत खारेज भएको छ।

यो पनि पढौं : एनसेल कर विवाद अन्तिम सुनुवाइमा

प्रकाशित : माघ २३, २०७५ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्

भोलि र पर्सि भारी वर्षा र हिमपातको सम्भावना 

कान्तिपुर संवाददाता

काठमाडौँ — पश्चिमबाट आएको न्यूनचापीय प्रणाली र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रणालीका कारण बुधवार अपरान्हदेखि पोखरासम्म बदली भइसकेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार बिहीबार र शुक्रवार देशैभर बदली हुनेछ ।

‘पश्चिमबाट आएको न्यूनचापीय प्रणालीमा अरबसागरबाट आएको जलवाष्पयुक्त वायुको प्रणाली मिसिएपछि देशैभर मौसममा गडबडी हुनेछ’ प्रधानांगले कान्तिपुरसित भने, ‘शनिवारसम्मै असर पर्ने देखिन्छ, आइतबारदेखि घमाइलो हुनेछ।’

प्रधानांगले पश्चिमका उच्च भागमा भारी हिमपातको सम्भावना रहेको समेत बताए। बिहीबार र शुक्रवार वर्षा भने देशैभरी हुने महाशाखाको अनुमान छ। पश्चिमी भागमा बुधवार रातीदेखि नै वर्षा र हिमपात हुनेछ। बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशैभर हल्कादेखि मध्यम वर्षा र पश्चिमका साथै मध्य भूभागको १/२ स्थानमा भारी वर्षा समेत हुने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।

‘देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ’ महाशाखाले बुलेटिनमा भनेको छ, ‘ पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरूमा भारी हिमपातको पनि सम्भावना छ।’

शुक्रवार दिउँसो र राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ। शनिवार मध्य र पूर्वी भागमा मात्र बदली हुनेछ। आइतबारदेखि मौसममा सुधार आउने र घमाइलो सुरु हुने मौसमविद्हरूले उल्लेख गरेका छन्।

प्रकाशित : माघ २३, २०७५ १७:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×