कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोप लगाएपछि बालकको मृत्यु

टीकापुर — कैलालीको लम्कीचुहा नगरपालिका १, भुरुवाका ६ महिनाका विनोद आलेमगरको खोप लगाएकै दिन मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजेतिर खोप लगाएको र राति मृत्यु भएको बालकका जेठाबुबा प्रेमबहादुर आलेमगरले बताए ।

स्वास्थ्य चौकीको नियमित खोप कार्यक्रमअन्तर्गत उनलाई खोप लगाइएको हो ।


उनले भने, ‘खोप लगाउनुअघि बालक केही समस्या थिएन । दिउँसो १२ बजेतिर खोप लगायौँ । राति बालक रोएको रोयै गर्‍यो । खोप लगाएको दुखेर होला भन्ने भयो । राति नै मृत्यु भयो । मृतकको टीकापुर अस्पतालमा पोस्टमार्टम गरिएको छ ।


टीकापुर अस्पतालका डा. नवराज शर्माले बालकको मृत्यु खोप लगाएकै कारण हो भनेर अहिल्यै भन्न नसकिने बताए । उनले पोस्टमार्टम रिपोर्टको अध्ययनपछि मात्र थाहा हुन सक्ने जनाए ।


उनीसँगै खोप लगाएका ३ महिनाकी मिहिका चौधरी र २ महिनाकी दीपिका चौधरी पनि टीकापुर अस्पतालमा भर्ना गरिएका छन् । उनीहरूको शरीरमा राता दाना देखिएका छन् ।


यसअघि गत पुसमा पनि कैलालीकै जानकी गाउँपालिका ४, कञ्चनपुरका १५ महिने चरण चौधरीको दादुरा खोप लगाएको दिन मृत्यु भएको थियो । गाउँमा सञ्चालन भएको नियमित खोप कार्यक्रमअन्तर्गत खोप लगाएको १५ मिनेटमै बालक बेहोस भएका थिए । टीकापुर अस्पतालसम्म ल्याउँदा बच्चाको मृत्यु भइसकेको थियो ।

प्रकाशित : माघ २१, २०७५ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?