कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नवनियुक्त राजदूत आचार्यले लिए शपथ

रासस

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नीलाम्बर आचार्यलाई भारतको राजदूतमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनलाई उक्त पदमा नियुक्त गरेकी हुन् । 

नवनियुक्त राजदूत आचार्यले लिए शपथ

आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त राजदूत आचार्यलाई पद तथा गोपनीयताको शपथ गराइन् ।


मन्त्रिपरिषद्को हालैको निर्णय अनुसार राष्ट्राध्यक्षबाट राजदूत आचार्यले शपथ लिएका थिए । नेपालको इतिहासमा राष्ट्रप्रमुखबाट राजदूतलाई पहिलोपटक शपथ गराइएको हो । राष्ट्रपतिबाट शपथ लिने उनी पहिलो नेपाली राजदूत हुन् ।


समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीको उपस्थिति थियो ।

प्रकाशित : माघ २०, २०७५ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?