सरकारको आभाष जनताले गर्न पाउनुपर्छ : उपसभामुख
उर्लाबारी — प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले देशका तीन वटै सरकारको आभाष जनताले गर्न पाउनुपर्ने बताएकी छन् ।
नेपाल नेत्रहीन संघ मोरङले १७ औँ साधारणसभाको शुक्रबार बेलबारी नगरपालिकामा उद्घाटन गर्दै उपसभामुख तुम्बाहाम्फेले तीनवटै सरकारबीच सहकार्य भएर विकासको गतिमा अघि बढ्नुपर्ने धारणा राखिन् ।
नेपालको संविधानले सबै जाति, धर्म, लिंग समुदायलाई समेटेको भन्दै उपसभामुख तुम्बाहाम्फेले भनिन्,'अब तीव्र विकासको गतिमा अघि बढ्न आवश्यक छ ।' सो अवसरमा उनले मोरङका ३८ न्यून दृष्टियुक्त व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेकी थिईन् ।
प्रकाशित : पुस २०, २०७५ २१:३७प्रतिक्रिया