कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

भाडाका सटर ७ दिनभित्र खाली गर्न सामुदायिक विद्यालयलाई कामनपाको निर्देशन

काठमाडौँ — काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरु ७ दिन भित्र खालि नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

भाडाका सटर ७ दिनभित्र खाली गर्न सामुदायिक विद्यालयलाई कामनपाको निर्देशन

सोमवार महानगरपालिकाले बानेश्वरस्थित बानेश्वर रत्नराज्य माध्यमिक विद्यालय लगायतका सामुदायिक विद्यालयहरुले भाडामा दिएका सटरहरु खाली गर्न निर्देशन दिएको हो । सात दिनभित्र व्यवसायिक प्रयोजनका सटरहरु खाली नगरे कारबाही प्रक्रिया अघि बढाउने महानगरले जनाएको छ ।

अनुगमनका क्रममा काठमाडौं महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले काठमाडौं महानगरपालिका सामुदायिक विद्यालयहरुमा विभिन्न खालका टहरा र सटर बनाएर भाडामा लगाउने र भाडा लिने गरेको बताए ।

उनले महानगरभित्र ३७ वटा विद्यालयले सटर भाडामा दिएको जानकारी दिए । सामुदायिक विद्यालयमा अहिले विद्यार्थीको चाप बढेको र विद्यार्थीहरुलाई कक्षा कोठा साँघुरो भएकाले महानगरपालिकाले विद्यालयको स्थान विद्यार्थीहरुका लागि नै प्रयोजन गराउनका लागी यो नीति लिएको हो ।

‘काठमाडौं महानगरपालिकाको एउटा नीति छ, यो विद्यालयहरुमा विभिन्न खालका टहरा र सटर बनाएर भाडामा लगाउने र त्यो भाडा लिने जुन एउटा चलिरहेको छ, ३७ वटा स्कुलमा त्यस्तो देखिएको छ' ज्ञवालीले भने,'अहिले महानगरको नीतिअनुसार त्यो भाडामा लगाएको सटरलाई खाली गर्ने र सामुदायिक विद्यालयमा विद्यार्थीको चाप एकदमै बढ्दो छ । ती कक्षाकोठामा विद्यार्थी खचाखच भएका छन् । उनीहरुको बसाई र खेल्ने ठाउँ व्यवस्थापनको लागि ३७ विद्यालयमा हिजोदेखि क्रमशः बन्द गर्दै हिँडेका छौं । सात दिनको म्याद दिएका छ सामान सार्न । त्यो समयसम्म नसारे अर्को प्रक्रिया अघि बढ्छ । ' महानगरले आईतबारबाट यो अभियान अघि बढाएको हो ।

प्रकाशित : जेष्ठ २८, २०८१ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×