कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

डाबर वाटिका स्याम्पु मिस नेपाल २०२४ को टाइटल स्पोन्सर

काठमाडौँ — डाबर वाटिका स्याम्पुले मिस नेपाल प्रतियोगितामा विगत दुई वर्षदेखिको साझेदारीलाई कायम राख्दै मिस नेपाल २०२४ प्रतियोगिताको टाइटल स्पोन्सरसिपको घोषणा गरेको छ । यो साझेदारीले नेपाली महिलालाई सशक्तिकरण गर्दै सौन्दर्य प्रवर्द्धन गर्ने डाबर वाटिकाको उद्देश्य छ । 

डाबर वाटिका स्याम्पु मिस नेपाल २०२४ को टाइटल स्पोन्सर

पछिल्लो केही वर्षमा डाबर वाटिका मिस नेपाल प्रतियोगिता नेपाली महिलाहरुको विविध प्रतिभा प्रदर्शन गर्दै सुन्दरता र बौद्धिकताको उत्कृष्ट नमुना बनेको छ । सुन्दरता र बौद्धिकताको उत्सव मनाउने एउटा प्रतिष्ठित प्लेटफर्म मिस नेपाल प्रतियोगितासाग आबद्ध हुन पाउादा हर्षित रहेको डाबर नेपालका मार्केटिङ हेड अभय प्रसाद गोर्खालीले बताए ।

यो साझेदारी मार्फत हामीले नेपालभरका महिलालाई निडरताका साथ आˆना सपनाहरु पछ्याउन प्रेरित गर्ने र प्रोत्साहित गर्ने लक्ष्य राखेको समेत उनले प्रष्ट पारे । डाबर वाटिका न्याचुरल्स स्याम्पुले उपभोक्तालाई उत्कृष्ट प्राकृतिक कपालको हेरचाह समाधान भएको प्राकृतिक स्याम्पुको विस्तृत श्रृंखला प्रदान गर्नेछ । डाबर वाटिकाको कालो कपालको लागि ब्ल्याक शाइन स्याम्पु, बाक्लो र लामो कपालको लागि थिक एण्ड लङ स्याम्पु र डन्डीफरहित कपालका लागि एन्टी–ड्यान्ड्रफ स्याम्पु गरी तीन प्रकारका स्याम्पु उपलब्ध छ ।

प्रकाशित : चैत्र ८, २०८० १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?