विराट वाङमय उत्सव मैझारो
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
विराटनगर — विराटनगरमा ‘विराट वाङ्मय उत्सव’ सम्पन्न भएको छ । तीन दिनसम्म चलेको उत्सवमा विविध विषयमा बहस भयो । उत्सवको अन्तिम दिन शनिबार प्राध्यापक कृष्ण पोखरेलले नेताहरूको अध्ययनको सीमाबारे धारणा राखे ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![विराट वाङमय उत्सव मैझारो](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/birat-1252024082531-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
‘राजनीतिज्ञहरुले साहित्य मर्मज्ञ हुन, जरुरी रहे पनि हाम्रा नेताहरु खासै अध्ययनशील छैनन्’,प्राध्यापक कृष्ण पोखरेलले सुनाए,‘नेताहरुले किताब पढिरहनु पर्दैन भन्ने भाष्य स्थापित हुनु दुःखद हो ।’
‘राजनीति र साहित्यः साहित्यमा राजनीति’ शीर्षकको प्यानल छलफलमा बोल्दै पोखरेलले नेपालको राजनीति, राजनीतिक इतिहास, राजनीतिक उतारचढाव वुझ्न पनि साहित्यको अध्ययन जरुरी रहेको औल्याए ।
पत्रकार पर्वत पोर्तेलले सहजीकरण गरेको छलफलमा कवि मिश्र बैजयन्ति र पत्रकार रामििरझन यादवले साहित्य लेखनको साइनो राजनीतिसँग प्रत्यक्ष गाँसिने टिप्पणी गरे ।
अर्को सत्रमा भरत वस्नेत र निर्मला कोइराला संग पत्रकार कृष्ण अधिकारीले ‘योगवाणी र योगमाया’ बारे चर्चा गरे । वक्ताहरुले योगमायाको विद्रोहदेखि देवत्वकरणसम्मको प्रसंग उप्काउँदै त्यो समय उनले गरेको साहसलाई अतुलनीयको रुपमा तुलना गरे ।
‘आख्यानमा चरित्र निर्माणः परिकल्पना र प्रस्तुति’ शीर्षकको छलफलमा आख्यानकारहरु रमेश सायन, कविता राई र वियस राईले आख्यानमा चरित्र निर्माणका सकसवारे अनुभूति साटे । दिपक शम्चूले छलफल सहजीकरण गरे ।
अन्तिम सत्रमा कविहरु मुनाराज शेर्मा र सीमा आभाष तथा रामजी तिम्सिनाले ‘पात्र र लैङ्गिकता’ माथि साङ्गोपाङ्गो छलफल गरे । कवि दिपा दाहालले छलफल सहजीकरण गरिन् ।
आरोहण गुरुकुल विराटनगरको आयोजना र विराटनगर महानगरपालिकाको प्रवर्द्धनमा आयोजित उत्सवको दोस्रो दिन मातृभाषा कविता वाचनबाट सुरु भएको कार्यक्रम गजल गुञ्जनमा पुगेर मैझारो भयो ।
मातृभाषा कविता वाचनमा शिवनारायण पण्डित (मैथिली), श्रीशिशा राई (वान्तवा), विश्वरसिंह मेवाहाङ (मेवाहाङ), नरेन्द्र परासर (संस्कृत), शिवु मुर्मु (सन्थाल), पूजा वहार (भोजपुरी), नारायण प्रसाद राजवंशी (राजवंशी), लक्ष्मण नेवटिया (मारवाडी), रामसागर चौधरी (थारु), इन्दु योन्जन तामाङ (तामाङ) र सरिता तुलाधरले (नेवारी) भाषामा कवता वाचन गरे ।
मधु पोखरेल, रोमु अधिकारी, विशाल भण्डारी, एन्जिला थामी, कल्पना आचार्य, सृष्टि सावित्री, सुमी पोखरेल, दिपक कट्टेल, प्रशान्त वाग्ले, सिन्धु निरौला, याक्थुम्वा कान्छा र विश्वजीत चाम्लिङले गजल गुन्जाए ।
प्रकाशित : वैशाख ३०, २०८१ १२:०९