कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सकस

कथा
बिहान झिसमिसे उज्यालोमा आँखा खुल्यो । झ्यालमा गई उभिएँ । अमेरिकाको बिहानीलाई आँखाभरि समेटें । सूर्यको सुनौलो किरणले आकाश झुल्किरहेको थियो । नुहाएर फ्रेस भई बैठक कोठामा आएँ । बुहारी भान्छामा रैछे ।
पद्मावती सिंह

काठमाडौँ — आकाशमा पातलो बादल लागेको थियो । सिरिरिरि बादलहरू कहाँ हराए कहाँ...? हेर्दाहेर्दै आकाश कञ्चन देखियो, गाढा नीलो । घाम लागेको आकाश घमाइलो देखियो । घाम आफ्नो गतिमा पश्चिमतिर लम्किरहेको थियो । शीतल हावाले मनलाई आनन्दित तुल्याइरहेको थियो ।

सकस

कहिले टेक्न पाउँला त्यो स्वर्गसरि अमेरिकाको जमिनलाई जहाँ मेरो एक मात्र पुत्र, बुहारी र सानी नातिनी बसोबास गरिरहेका छन् । यस वर्षको अन्तमा मेरो अमेरिका जाने निधो भएको छ । म भविष्यको सुन्दर कल्पनामा डुबुल्की मारिरहेकी छु । पुत्र, पुत्रवधू र नातिनीसितको मधुर मिलनको कल्पना मात्रले मन मयूर नाच्न थाल्छ ।


कस्तो भाग्यमानी म † म आफ्नो भाग्यको साराहना गर्छु । स्काइपमा छोराले मलाई अमेरिका बोलाउने कुरा सुन्दा गर्वले म फक्रेको थिएँ । हेर्दाहेर्दै पश्चिमतिर आकाश सिम्रिक रङमा रंगिसकेछ । बार्दलीबाट म कोठाका छिर्छु र बत्ती बाल्छु । यसरी अमेरिकाको आकर्षणमा डुब्दै उत्रँदै दिनहरू सुस्तरी अघि बढ्दै गयो र प्रतीक्षाको अन्त भयो अर्थात् अमेरिका जाने भिसा लाग्यो । पहिलोपल्ट अमेरिका जाने मै थिएँ— मेरा तीन दिदीबहिनीहरूमा । सबैले मलाई हार्दिक बधाई दिँदै बिदाइ गरे । बूढाको अफिसको जरुरी कामले म एक्लै अमेरिका जानुपर्ने भयो । बूढा पहिले गइसकेका हुनाले उनले जान त्यति जाँगर देखाएनन् । जे होस्, एक्लै भए पनि म जान तम्सिएँ ।


पहिलोचोटि जेट चढेर अमेरिका जान आकासिँदा आनन्दले सगरमाथा उक्लेको अनुभूति भयो मलाई । जेटको झ्यालबाट पृथ्वीतर्फ हेर्दै म स्वप्नतिरेकमा रमाइरहें ।
मेरो कल्पनाका भावनाका शिखरहरू अनलिँदै गए ।


विमानले अमेरिकाको धरतीलाई स्पर्श गर्दा भर्खर साँझले अमेरिकाको अँगालोलाई बेरेको थियो । झिलिमिली बत्तीले विमानस्थल सजिएको थियो । अमेरिकाको धरतीलाई टेक्दा मेरो हर्षको सीमा नै थिएन । त्यसो नहुनु पनि किन यहाँ टेक्न धेरै वर्ष कुर्नुपरेको थियो । आजको यस दिनलाई साक्षात्कार गर्न मन कति उत्ताउलो भएको थियो... !
अनन्तलाई प्रतीक्षामा उभिरहेको मैले टाढैबाट देखेर हात हल्लाएँ । पाँच वर्षपछि आफ्नो पुत्रलाई देख्दा मनभरि हर्षका कोपिलाहरू फक्रिन थाले ।
अनन्तलाई भेट्नासाथ ग्वाम्लाङ्ग अँगालोमा बाँधी हर्षाश्रु बगाएँ । मनभरि मुटुभरि मातृत्व छताछुल्ल भई बग्न थाले ।
आह † कति सुखद आजको यस क्षण ...!
‘खै त, बुहारी र नातिनी ?’ आँखालाई चारैतिर घुमाई सोधँे ।


‘सुषमा काममा गएकी छे । सुमी टयुसन पढिरहेकी छे,’ अनन्तले मेरो लगेज गुडाउँदै भने । मन अलि खल्लो भए तापनि छिट्टै दुवैलाई देख्न पाउने आशाले मनमा आशाको दियो धपक्क बल्यो । खुसीको लस्करमा खल्लोपना धेरै बेर टिक्न सकेन । अनन्तसित गाडीमा अमेरिकाको झिलिमिली बत्तीले सजिएको फराकिलो चिल्लो सडकमा सररर एक घन्टा जति गुडेपछि गाडी सडकको छेउ उभिएको दसतले अग्लो एपार्टमेन्टअगाडि रोकियो ।


गाडीलाई थन्काएर हामी लिफ्टबाट ८ तलामा स्थित एर्पाटमेन्टभित्र छिर्‍यौं ।
‘स्वागत छ आमालाई’ अनन्तले ओठभरि मुस्कान छर्दै, उनले मलाई कोठाभित्र डोर्‍याए । बैठक कोठामा मलाई आराम गर्न लगाएर अनन्तले मेरो सुटकेसलाई गुडाउँदै बायाँतिरको कोठामा थन्काएर हातमा जुस लिएर आए ।
‘खैत नातिनी ?’ मैले चारैतिर आँखालाई दौडाउँदै सोधें ।
‘श्वेता, कम हेयर, अनन्तले आवाज दिए ।
‘हाई,’ अपरिचित दृष्टि फयाँक्दै आठवर्षे नातिनीले भनिन् ।
‘नेपाली बोल्न आउँदैन ?’ मैले अन्यमन्यस्क भई सोधें ।
‘अलिअलि बुझ्छे तर बोल्न सक्दिनँ,’ अनन्तले भने ।
मनभरि नरमाइलो छायो । मैले उठेर अँगाल्न खोजें ।
नो, नो भन्दै उनी आफ्नो कोठातिर लम्किन् । उसको यस व्यवहारले मनमा
चोट लाग्यो ।


‘नचिनेको हुनाले असजिलो मानेकी हुन् । रहँदा–बस्दा लहसिन्छे होला,’ अनन्तले भने ।
‘थाक्नुभो होला, खाएर सुत्नुहोस्,’ अनन्त भान्छातिर लागे ।
दाल, भात र मासु प्लेटमा राखेर मलाई कोठामै ल्याइदिए अनन्तले । खाइबरी म ओछयानमा ढल्किएँ । आँखा चिम्लिनासाथ निदाइहालें ।
बिहान झिसमिसे उज्यालोमा आँखा खुल्यो । झ्यालमा गई उभिएँ । अमेरिकाको बिहानीलाई आँखाभरि समेटें । सूर्यको सुनौलो किरणले आकाश झुल्किरहेको थियो । नुहाएर फ्रेस भई बैठक कोठामा आएँ । बुहारी भान्छामा रैछे ।


ढोगभेटपछि बुहारीले ब्रेकफास्ट डाइनिङ टेबलमा राखी । अनन्त र श्वेतासित ब्रेकफास्ट गर्दा साह्रै आनन्द लाग्यो ।
‘लौ त आमा–अब साँझमा मात्र हाम्रो भेट हुनेछ,’ अनन्त अफिसतिर जान उठे ।
अनन्तले छोरीलाई स्कुल छाडी अफिसतिर लागे । बुहारीले जानुअघि भनिन्, ‘आमा–फ्रिजमा सबै थोक छ । जे मन लाग्छ खानुहोला । हिजो पकाएको भात र मासु पनि छ । तताएर खानुस् है ।’


अब म एक्लो भएँ, नितान्त एक्लो ।


कोठाकोठा चहारें । घर सफा र सज्जिएको थियो । तीन कोठा र एउटा किचेन थियो । बीचमा बैठक थियो । अब के गर्ने... ? बार्दलीमा गएँ र लामोलामो सास फेरि ताजा हावालाई फोक्सोमा भरें । घरको लन्ठो र जिम्मेवारी केही नहुँदा हाइसन्चो अनुभव गरें ।


विवाहपछि झन्डै ३५ वर्षपछि निस्फ्रिक्रीपनाको सुखद अनुभूतिले मनभरि, मस्तिष्कभरि आनन्दको सञ्चार भयो ।


खाइवरी केही काम नहुनाले बैठकको सोफामा ढल्किएँ । जेट लागेको होला हिँडडुल गर्दा अलि रिँगटा लागेभैंm भएकाले ढल्केर नै छोरा, बुहारी र नातिनीको प्रतीक्षामा लामो दिनलाई जसोतसो काटें । साँझको आगमनको साथ एक–एक गरी सबै फर्कें ।


साँझको चिया साथै पिई भलाकुसारीका साथ नेपालतिर र अमेरिकातिरको हालखबर साटासाट गर्‍यौं । छोरा–बुहारी मिलेर खाना पकाए, दुवै थाकेका थिए । धेरै बेर कुराकानी नगरी दुवैले सुत्ने तर्खर गर्न थालें । दस नबज्दै दुवै शयनकक्षतिर लागे । नातिनी त खानासाथ आफ्नो कोठाभित्र पसिसकेकी थिई । टीभी हेरेर अबेर सुत्ने बानी– जति कोल्टे फेरे पनि निद्राले चियाएन । दिनभरि आराम गरेकोले निद्रा पनि कहाँबाट लागोस् र... । उठेर झ्यालमा उभिएँ । बासिङ्टन सहर बिजुलीले झलमल्ल देखिएको थियो । घर अलि अग्लो ठाउँमा हुनाले राम्रैसित सहरको झिलिमिलीलाई आँखामा कैद गरियो ।


धेरै वर्षको अमेरिका आउने आफ्नो धोको पूरा भएको र आज आफू अमेरिकामा उभिएको हुँदा मन बागबाग भइरहेको थियो । जीवनको एउटा सपना साकार भएको थियो । अब तीन महिना मज्जैले बिताइनेछ, मनमनै सोची आफ्नो भाग्यलाई एकपल्ट फेरि साराहना गरें मैले ।


एक महिनामा विकेन्डमा वासिङ्टन सहरको दर्शनीय स्थानको भ्रमण गरियो । ह्वाइटहाउसदेखि मनुमेन्ट, पार्लियामेन्ट हाउस सबै र थुप्रै पर्यटकीय स्थलहरू चहारियो ।
‘वासिङ्टनमा हेर्ने यिनै हुन्,’ अनन्तले भने । ‘एकपल्ट न्युयोर्क घुमाउला, त्यसपछि त जाने टाइम पनि हुन्छ आमाको कसो ?’ फर्कने नाम मात्रले मन चिसो भयो । तीन महिनाको सट्टा छ महिनाको भिसा बनाउनुपर्ने रहेछ भनी साह्रै थकथकी लाग्यो । तर, ६ महिना बूढालाई एक्लै छोडेर पनि नमिल्ने ...यतिका दिन कहिल्यै नछुटेका–गाह्रै पर्छ नि... ।’ मनलाई जसोतसो बुझाएँ ।


दोस्रो महिनाको पहिलो विकेन्डमा न्युयोर्क सहर पनि घुमियो । साह्रै इच्छा जाहेर गरेको हुँदा प्रकृतिको अद्भुत पर्यटकीय स्थल ‘नाइगरा फल्स पनि देख्ने सुअवसर पाइयो ।’
डेढ महिना बितिहाल्यो । अब भने दिन बिताउन गाह्रो मात्रै होइन सकस नै भो ।


दिन पहाड भै अग्लियो भने रात हिमालभैंm चिसियो । त्यही एपार्टमेन्टभित्र कति कोचिनु... ? दिनभर एक्लै उकुसमुकुस भई बिताउनुपथ्र्यो । छोरा, बहारी र नातिनी घाम झुल्केपछि बाहिरिन्छन् र साँझ परेपछि भित्रिन्छन् । अमेरिकाको यान्त्रिक जीवन बाँचिरहेकालाई खै के भन्नु... ? अब त ओभरटाइम पनि काम गर्न थालेका छन्— दुवै जना कमाउँछन् तर पनि खर्च भ्याउन धौ–धौ पर्छ भन्छन् । यस्तो यान्त्रिक जीवनभन्दा त नेपालमै हाइसन्चो † एक गाँस खान पाए सन्तोष... । हुने–खानेका लागि त सबै सुख सुविधा नेपालमै उपलब्ध छन् । चाडबाड, भेटघाट भोज भतेर मज्जाले बनाउने पाइन्छ । यहाँ अमेरिकामा त कामबाहेक अर्थोक सोच्नै नपाइने ...†? यस्तो जीवन पनि के जीवन † छोराको धपेडी व्यस्ततादेखि टीठ लागेर आउँछ । एक्लो छोरा सम्पत्ति जति पनि छ तर अमेरिकामै बस्न मन पराउँछन् किन हो कुन्नि ...† यहाँ आएपछि यही भास्सिन्छन् जत्तिकै दु:ख गर्न परे पनि... । किन हो मन त्यसै बिरक्तिएर आउँछ ।


अब मलाई आफ्नो घर, आँगन र फूलबारीको यादले डस्न थाल्छ । यहाँको चारकोठे एर्पाटमेन्टदेखि उदेक लागेर आउँछ । मन त्यसै उदासउदास, हतासहतास हुन थालेको छ । पाए भोलि नै उडेर नेपाल र आफ्नो घरमा पुगूँभंैm हरपल हरक्षण लागिरहन्छ । उकुसमुकुसमै बल्ल दुई महिना पुग्छ । अहो † अर्को एक महिना कसरी बिताउने...? अब ती फराकिला चिल्ला सडकहरू । ठूलाठूला सपिङ मलहरू, गगनचुम्बी घरहरूप्रति वितृष्णा पैदा हुन थाल्यो । अमेरिका त केही दिन घुम्न मात्र राम्रो रहेछ । धेरै बस्न त साह्रै सकस पो हुँदो रहेछ भने सत्यतथ्यको उद्घाटन भयो । समयको बन्दी भएर अब फर्किने दिनलाई गनेर बस्नुबाहेक अर्को उपाय केही थिएन ।


‘बूढा मलाई त अहिल्यै उडेर आउँजस्तो भा’छ,’ बूढालाई लामो सुस्केरा हाल्दै भनें मैले ।


‘खुचिङ, छ महिना बस्छु भन्या हैन ? छ महिना बसेर आउनू ।’ बूढाले मुखको स्वाद फेरे । परिवारमा बसेर पनि एक्लो हुनुको पीडा भोग्नुपरेका अनुभूति हुन थालेको छ । चार दिवारीभित्र बन्दी जीवन बिताउन बाध्य हुनुपर्‍या छ । एक्लै कतै जान नसक्ने, अंग्रेजी बोल्न नसक्नेका लागि अमेरिका भनेर भुतुक्क हुन त व्यर्थै रहेछ † तै, आधुनिक सञ्चार सुविधाले जहिले मन लाग्यो त्यहिले बूढासित कुरा गर्न पाएकी छु । नत्र त मर्नु न बाँच्नु हुने रहेछ ।


छोरालाई अनकनाउँदै भनें, ‘बाबु यसो मिले चाँडै फर्कूंभैंm लागिरहेछ । घरमा बुबा एक्लै हुनुहुन्छ ।’ ‘आऽऽऽ आमा पनि बुबाले ६ महिना बसे पनि केही फरक छैन भन्नुभा छ । घरमा काम गर्दागर्दा बूढी हुनुभइसकेको छ । अब मौकामा मज्जाले बस्नुस् न,’ अनन्तले भने । ‘केको मज्जा नि... कति सकस छ आफूलाई मनमनै भनें तर मुखले केही बोलिनँ ।’


नातिनी पटक्कै नेपाली नबोल्ने... आफूलाई अङ्ग्रेजी नआउने... । बुुहारी पनि धेरै बोल्दिन, सधैं टेन्सनमा देखिन्छे । छोरासित त्यही खाने बेलामा र सुत्नुअगाडि केहीबेर कुराकानी हुन्छ । त्यसपछि तीनै जना कम्प्युटर, ल्यापटप र मोबाइलमा हराउँछन् । आफूचाहिं एक्लै फयाँकिइन्छु... । ओहो बोल्न र कुरा गर्ने रहर भइसक्यो । के गर्नु र खै... ? टेलिभिजनमा पनि अङ्ग्रेजी मात्र बोल्छन् । टेलिभिजनमा आफूले हेर्ने सबै सिरियल छुटिहाल्यो । कहिले नेपाल गई टेलिभिजन हेरूँ र गाउँघर चहार्नुभैंm भइसक्यो । यहाँ आउँदा जति उत्ताउली भएकी थिएँ, अब फर्किन त्यत्तिकै चटारो लागेको छ ।’ मनमनै गम्छु र झोक्रयाउँछु । जीवन त त्यहाँ आएर चक्रव्यूहमा फसेझैं अनुभव भो । पँखेटा निमोठिएको चराभैंm छटपटाउन थालेकी छु । बेलाबेलामा घर, छिमेकी, नातागोता र नेपालका चाडपर्व र भोज र भेटघाट सम्झी मन पग्लेर सुलुसुलु नदीभैंm बग्छ आँखाबाट, प्रत्येक रात । अमेरिकामा आएपछि खुसीलाई घना कालो बादलले स्वाट्ट निलेभैंm लाग्न थाल्यो ।


‘भो बाबु मलाई टिकट कटाइदेऊ । मलाई यहाँ बस्न सकस भो ।’ एक दिन मुख फोरेर भनें ।
‘अब पन्ध्र दिन त बाँकी छ । ढुक्कै बस्नुस् न... । के समस्या छ र यहाँ... ?’
‘समस्यै समस्या छ मलाई त । एक दिन बस्न पनि गाह्रो भो । दिनै बिताउन गाह्रो भो । आराम मलाई हराम भइसक्यो । काम नभई बस्नुजस्तो कठिन केही रहेनछ । मैले उसले नसुन्ने गरी बिस्तारै आफूलाई भनें ।’
‘के भन्नुभा सुनिनँ,’ अनन्तले प्रश्नात्मक दृष्टिले मतिर फयाँके ।
‘केही समस्या छैन । छिटो जान पाए हुन्छ,’ मैले विनीत भावमा आत्तिएभैंm भनेँ ।
‘हुन्छ, टिकट काटिदिउँला, हुन्छ ?’
‘हुन्छ बाबु, हुन्छ,’ हर्षले गद्गद् भई
भनें मैले ।
चाँडै काठमाडौं फर्किन पाएकीले मनको चरी फुरफेर उड्न थाल्यो आकाश ढाकेर । हर्षले मनमयूर पनि नाच्न थाल्यो, रंगीचंगी पँखेटा पिँmजाएर घर पुगेको कल्पनामा रमाउँदै निदाउन थालेें ।
आवश्यक किनमेल गर्दै केही दिन बितिहाल्यो । फर्कने दिन पनि आइहाल्यो ।
अनन्त एयरपोर्टमा छोड्न आए । छुट्टिने बेलामा मैले मातृत्वले ओतपोत हुँदै भनें, ‘बाबु, यहाँको व्यस्ततालाई पन्छाएर केही दिन आराम गर्न घर आउनू है ।’
‘आराम गर्ने रे... ?’ उनले व्यंग्यात्मक हाँसो हाँस्दै भने ।
‘अब त आराम हराम भइसक्यो । अमेरिका छिरेपछि व्यस्तता नै जीवनको पर्याय भइसक्यो हाम्रा लागि... ।’ आखाँभरि माया छताछुल्ल पोखियो । छोरालाई अँगालेर आँसु झार्दै विमान चढें ।


‘कस्तो लाग्यो त अमेरिकाको बसाइ ?’ सँगै सिटमा बसेको अर्धबैंसे व्यक्तिले सोध्यो ।
‘भो–भो कुरा नगर्नुस् त्यहाँको भोगाइको । एकपल्ट त आउनैपर्ने देश रहेछ तर हाम्रो जीवन, रहनसहन त धेरै राम्रो अमेरिकाको भन्दा । हाम्रो देश त स्वर्ग नै रहेछ... अमेरिकालाई स्वर्ग भन्थे, होइन रहेछ ।’ ‘


ठीक भन्नुभो... । हामीजस्ताको लागि अमेरिका मात्र एक मृगतृष्णा रहेछ ।’ उनले सहमति जनाए ।
बल्ल काठमाडौं पुग्ने भो । मन ढुक्क भई निश्चिन्तताको सास फेरें । विमानले उडान भरेपछि मानौं, घरको दैलोमा टेकेभैंm सुखको सास फेरे । बन्धनबाट मुक्त एक पन्छीभैंm मन आक्कासिन थाल्यो— आफ्नो देशतर्फ, घरतर्फ । विमान द्रुत गतिमा आफ्नो गन्तव्यतिर उडिरहेको थियो भने त्योभन्दा
द्रुत गति मेरो मन घरतर्फ अक्कासिएर कुदिरहेको थियो ।

प्रकाशित : कार्तिक १०, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?