कम्बल 

कथा
...रुन थाल्यो आज पूरै बस्ती, शोक फेरि छायो पुरै गाउँमा। भोलिपल्ट पत्रिकामा मोटो अक्षरमा छापियो जाडोले कठ्याँग्रिएर मर्नेहरूको संख्या आज ६१ पुग्यो।

काठमाडौँ — बगरमा ६ महिनादेखि बसेको त्यो गुच्चमुच्च बस्तीकै बीचमा एउटा स्यानो टहराकी ती वृद्धालाई निदाएको दुई घण्टा नबित्दै पर बजेको मोटरको हर्नले झस्कायो।

कम्बल 

‘धत् यो सलाईलाई नि चिसो लाग्या जस्तो छ !दुई काँटी बित्थामा नै गएछ,’ परालको सिरानीमुनिको सलाई काँटी कोर्दै झर्को मानी बरबराइन् उनी। सिरानीभन्दा करिब दुई हात परको टुकी बालेपछि स्यानो टहरामा प्रकाशले गति लियो। हिजो बेलुका घुर ताप्दा रमदेवा भन्दैथ्यो— भोलिसम्म सरकारको तर्फबाट गाउँमा कम्बल आइपुग्ला !


वृद्धाले ठानिन्— पक्कै त्यही कम्बल लिएर आएको मोटर हुनुपर्छ। तर मोटर त हिजो नि आएकै हो गाउँमा क्यारे † खै आफू कत्तै छुटिएला कि ! यसपालि त काकी तेरो नाम पनि लेखेर लग्याछन् भन्थे रमदेवाले नै। तर के थाहा, यी केटाकेटीले मेरो मन राख्न यत्तिकै भन्या हुन् किरु बाहिर कालो हुस्सुले ढाकिएको आकाशबाट तपतप चुहिरहेको शीतले धरतीलाई नराम्ररी भिजाएको थियो। यो पुस–माघको रातमा नि के साउन, भदौजस्तो कालो बादल लाग्या होलारु कालो हुस्सुले आजभोलि भुडुकवा पनि देखिन्न ! कति बज्या होला कुन्नि रु पोहोर सलेहस मेलामा किनेको यो प्लास्टिक चप्पल नि काम नलाग्ने भएछ, खिइएको एक जोर चप्पलमा गोडा घुसार्दै दैलो तल ओर्लिन् उनी। आँ, पल्लो घराँ रामसेवकले त घुर पनि जोडिसक्या रैछ ! धूवाँको मुस्लो यत्तिकै कहाँ चल्थ्यो र ! भोर नभईकन केको घुर नि जोड्थ्यो उसलेरु यसपालि त झाडी, झाँग, सुकेको बाँस, दाउरा केही बाँकी रहेन सब बाढीले सोतारै पारो, त्यसमाथि यतिबिघ्न लामो तुसारो त पोहर–परार नि परेको थिएन।


‘ओह होहो † यो हाड कटकटाउने पूर्वैया बतासले त झन् ज्यानै लिने भो ! धन्य, हिजो साँझ नै बिहानी घुरका लागि जोहो गरेछु मैले। यो सुकेको पात, एकमुठो पराल र गुइँठाको आगो नि कति बेर नै जाला र ! टुकीको मट्टीतेल नि सक्नै लाग्या छ क्यारे † दुई थोपो नचुहाई केको बल्थ्यो यो घुर नि !’


सुकेको पातमा चुहाइएको मट्टीतेल र सलाई कोरेपछि बिस्तारै आगो दन्किन थाल्यो। यो घुरले नै गरिबको ज्यान जोगाएको छ। एक हातले गाला र अर्को हातले ढाड सेक्दै गर्दा रातभरि चिसिएको शरीर बिस्तारै तंग्रिन थाल्यो। घुरको रापको तापले तन्ग्रिएपछि बल्ल दिमागमा फुर्न थाल्यो उनलाई— अनि त्यो मोटर कता बिलायो होलारु बिस्तारै कुर्कुच्चा उचाल्दै परसम्म नियालिन् उनले। तर बाक्लो हुस्सुको अन्धकारमा उनको कोसिस बेकार भो।


‘ऊ पनि त कतारमा मोटरवाला कहाँ नै काम गर्छु भन्छ, क्यारे ! चार वर्ष हुन लाग्यो एक पटक नि गाउँ फर्किने फुर्सद भए पो † मनले चाहेर नि कहाँ आउन पाइन्छ ररु आफ्नो मायालाई भेट्ने मन उसको नि नभएको कहाँ हो ररु यसपालिको जाडोमा त कतारको कम्बल लिएर आउँछु आमा भनेकै हो क्यारे † तर महिना बित्न थाल्यो एकचोटि नि मुबाइल बजेको छैन। उसैले पोहर पठाएको मुबाइल त हो नि † सधैं भन्थ्यो, माय † फोनको घण्टी बज्यो कि उठाइहाल्नु है। म के जानु यो मुबाइल, उबाइलको कुरा। उसको अनुहार हेरेर नि मुबाइलमा गफ गर्न मिल्छ भनी पल्ला गाउँका राम अशेषले भन्थे। आफूलाई सिकाउने नि कोही भए पो !’


गौना गरेको तीन महिना नबित्दै विदेश उडेपछि घर खाएर के बस्थी तुलसिया पनि। एक वर्ष नबित्दै भन्न थाली, माय जीवन उचाट लाग्न थाल्यो तिम्रो छोरो कहिले आउँछ केही भन्दैन।‘१७ वर्षको कलकलाउँदो जवानीमा ऊ मेरो सेवा गरेर केको बस्थीरु माय, माइती जान्छु भन्न थाली। मैले नि रोकिनँ। माइत गएको छ महिना न बित्दै तुलिसया पोइल गई भनी खबर गाउँले केटाहरूले सुनाए। मैले केही बोलिनँ, उडिजाने मनलाई रोकेर नि कहाँ राख्न सकिन्थ्यो ररु पल्ला घरे सोहनियाँको माय सधैं भन्छे, चाची हाम्रोजस्तो जमाना अब कहाँ छ ररु बालखमा नै श्रीमान् छोडेर गयो मन मारेर आजसम्म बस्याछु समाजको इज्जतको खातिर। हो रहेछ, उसको भनाइ नि सही लाग्यो। आखिर गाउँमा मेरै बुहारी नि पहिला भए पो केही कुरो † परार रामसेवकको छोरा विदेश गया बेला उनकी बुहारी नि अर्कोसँग गएकै हुन् क्यारे। दुस्ख त यस कुरोको छ बिहेमा काढेको रिन अझै साहुलाई चुकाउन सक्या छैन † केही कमी गर्‍या थिएन तुलसियालाई मैले। नाकमा चाँदीको भए नि फुली, चाँदीको सिकडी र दुई जोर लुगा हालिदिएकै थिएँ क्यारे। कम्ता सुहाएको थिएन उसलाई त्यो रातो फरिया। भोज भतेरको त झन् के, कुरोरु कुनै कसर बाँकी राखिनँ मैले। गाउँले अझै भन्छन् भोज त लक्षमणमाको बिहेजस्तो हुनुपर्दछ। ओहो † त्यो जेरी सोहारीको स्वाद अझै गएको छैन जिब्रोबाट। हिजो पनि रामदयाल मुख रसाउँदै भन्दैथे, भौजी लक्षमण विदेशबाट आएपछि फेरि बिहे गर्दिनुपर्छ, एकचोटि त्यस्तै भोज ख्वाउनुपर्छ है।

कतिचोटि फोनमा सम्झाएँ। तर ऊ सुन्दैन, भन्छ अब बिहेवारी कुरो अहिले नगर माय । पहिला बालखै बुद्धि थियो र त्यति चाँडै गरे अब म सियान हुँदै छु। पहिला कमाएर साहुलाई रिन तिर्नु छ अनि घर बनाउन देऊ त्यसपछि मात्रै सोच्ने हो बिहेबारीको कुरा। मैले नि साफसँग भन दिएछु हेर बाबु अब बिहे गरेसि कमाउन विदेश नगएस बरु कमाएको पैसोले स्यानो भए नि पसल थापेर आफ्नै घर आँगनमा बस्नु जमाना बडो खराब छ। बिचरो के गरोस् विधाताले भए भरको दुस्ख उसकै ललाटमा लेखेर पठाएपछि।


६ बरस नि के पुग्या होला बाउ छोडेर स्वर्ग सिधारी हाले। साहु कहाँ जनी बनी गरेर नि एक्लो छोरोलाई पढाउने आँट नि नगरेकी हैन मैले। तर आठ कलासभन्दा बढी सकिनँ। बाँचुन्जेल मालिकको हलो जोतेर राम्रै कमाउँथ्यो बूढो। चिलेममा तम्बाकु र आगो भर्दै सधैं भन्थ्यो हेर सुखिया, म बाँचुन्जेल तँलाई कुनै दुस्ख हुँदैन, अरूको द्वारमा चहार्नु नि पर्दैन। बरु एउटै छोरो होस् यसैलाई पढाइ–लेखाइदिन्छु अनि हेर्नु सब गाउँलेले भन्ला मुसहर भएर नि छोरो पढाउन सक्यो रामलखन सदाले। यति भन्दा शानले उसको छाती फुल्थ्यो। जुँगामा हात फेथ्र्यो ऊ। तर यो दैव पनि कति निष्ठुर रहेछ दुई दिनको झाडापखालाले नै चट्ट लगेछ। ऊ बाँचेको भए आज छोरोले यो कलिलै उमेरमा विदेश हुलिनु पर्दैनथ्यो। रोकिन पनि नखोजेकी हैन मैले तर गाउँका हूलै जाने भनेपछि के मान्थ्यो ऊ पनि।


बिदेसिनुअघि सधैं भन्थ्यो, माय† बाउले दिन नसकेको सुख म तिमीलाई दिन्छु, विदेश गएर पैसा कमाएपछि हाम्रो नि घर हुन्छ† यस्तो थोत्रो झोपडीमा तिमीलाई बस्नु पर्दैन माय। मेरो अनुहारतिर पुल्लुक हेथ्र्यो, अनि भन्थ्यो माय तिमी कति सुन्दर छौ हैरु कम्ता बाठो छैन केटो† विदेश जान दिन्छ भनी मलाई फकाउनकै लागि उसले यो चाप्लुसी गरेको थाहा थ्यो मलाई तर म केही बोलिनँ। जवान छोरो आखिर घर बसेर नि के गरोस्† बाउले साहुको खेत जोत्ने काममा उसलाई पटक्क मन गएन। सधैं भन्थ्यो, माय, म यसरी गाउँमा बसेर गुच्चा खेलेर के गर्नुरु हुन पनि हो भएभरिका गाउँका केटाहरू गुच्चा खेल्छन् कि त चिलेम तानेर बस्छन्। साहुजीका छोराछोरी सबका सब काठमाण्डु बसेर नि आफूलाई केरु कतिचोटि गुहारे स्यानोतिनो भए नि जागिर लाइदिनुपरो हजुर, तर केको सुन्थे, हामी गरिबको† सधैं एउटै कुरो काम पाउन कहाँ सजिलो छ र हाम्रो नेपालमा। आखिर छोरोको जात केही इलम नगरी यतिकै घर केको बस्थ्यो† थोरै भए नि आठसम्म पढेकै हुन् क्यारे† त्योभन्दा बढी सहरमा पढाउन खर्च जुटाउन नसकेकै हो मैले। आफूसँग भएको सम्पत्तिको नाममा एउटो झोपडी, एउटा बैल र भएको दुई चार जोर लुगोफाटो नि बाढीले बगाएपछि अब के नै बाँकी रहयो र। बाढीले साहुको भएभरको खेतमा नि बालुवा पुरेपछि हामी गरिबको त रोजीरोटी नि छुटिसक्यो एक्लो ज्यानलाई नि छाक टार्न धौधौ। बल्लतल्ल छाक टर्छ। धन्य साहुले नै कागत गराएर भए नि लाख दिएछ र त विदेश पठाउन सकेकी हुँ मैले त्यसबखत।


खै कहिले आउने होला ऊ पनि विदेशबाट, एउटा कम्बल नभई नहुने भयो मलाई† दिन त यसरी घुर तापेर नि काटिन्छ। तर रात, ओहो!’ हिजो पनि रात यत्तिकै कोल्टो फेर्दाफेर्दै बित्यो। मोबाइलको टिङटिङ आवाजले उसको त्यान्द्रो टुट्यो। लक्षमणा त होला नि अरूको हुन्थ्यो ‘अँ के भनिस् ऽ अझै टैम लाग्छ रे! किन नि बाबु रु बाक्लो कम्बल किन्या छु रे!’ बाक्लो कम्बल सुनेर नै सारा तन नै न्यानो भएजस्तो अनि मनको न्यानोले तनलाई नि तंग्रइयाजस्तो साठीको क्षीण कायामा नि वयशको जाँगर चलेजस्तोभयो उसलाई । ९जुरुक्क उठ्दै० ‘नमिलेर त होला नि, नत्र

आफ्नो मायसित यसरी छुटिएर चार बरससम्म कहाँ बस्न सक्थ्यो र उ पनि। आँ यो मुबाइल नि कति मधुरो बजेको आज धेरै सुन्नै दिएन। चाहिया बेला बज दिए पो!’


पूर्वी क्षितिजमा मधुरो टिमटिमाउने उज्यालोसँगै पशुपक्षीले नि भोर भएको भेउ पाउन थाल्यो, चराचुरुंगीहरूको कलरवसँगै मुसहर बस्तीका बालबालिकाहरूको पनि भोर भो। आँखा मिच्दै, सिंगाने नाक, नाङ्गै खुट्टे, एक हूल बालबालिकाहरू चौतारीमा रोकिएको त्यो मोटरवरिपरि झुमिए। मोटरवरपर झुमिएका एक झुन्ड बालखहरूलाई देखेर बिस्तारै सुखिया नि चौकतिर लागिन्। महिना बित्न लाग्यो सुरजदेवले दर्शन नदिएको। सधैं भन्छ, सरकारले कम्बल बाँड्छ । ‘यो सरकार कस्तो हुँदो हो रु एकचोटि हेर्न मनथ्यो, भए भरको कुरा सुनाउँथें म । हामी गरिबलाई किन हेर्दैन यो सरकारले नि। गाउँमा यत्रो चुनाव भयो जानी नजानी मत हालेकै हुँ । हातै जोडेर आएथे भोट माग्न। एउटाले त माय आशीर्वाद दे भनेर हातै माथमा राख्न लाए, कस्तो माया लाग्यो मलाई त्यस बखत, आफ्नै छोरा सम्झें मैले। गाउँमा भोज नि नचल्या होइन, त्यो दुई चार छाक भए नि ठाठाबाठाले नै खान पाए। आफ्नो छोरो यहाँ भया भए ऊ पनि खान पाउँथ्यो। कसैको केही जान्या छैन। साहुले नि कुन ठूलो गुण लाएछ र बाँचुन्जेल लक्षमणाको बाउ उसको आँगन छाडी कहीँ काम गर्न गएन । तैपनि ऋण दिंदा उही सयकडा छत्तीस त्यो पनि कागतमा ओँठाछाप नलाई कहाँ दिया हुन्न ररु’

‘ए रामसेवक† मेरो लागि नि कम्बल पठाएको होला नि सरकारलेरु’ ‘छैन चाची, यो त काठमाण्डुबाट केही मनकारीहरूले गरेको सहयोगबाट केटाकेटीका लागि न्यानो बाँड्न ल्याएको गाडी हो। हामीलाई त सरकारको तरफबाट कम्बल अहिलेसम्म पठाए छैन,’ खैनी हातमा मल्दै रामसेवकले भन्यो।


‘ए आमा, अलिक पछि सर्नोस्, गाडीले किच्ला !’ काठमाडौंबाट बालबालिकाका लागि राहत बाँडेर फर्किरहेको मोटर चालकको कुरा सुनेपछि उज्यालो मुहार फेरि कान्तिहीन भयो।‘ओहो† यो बाक्लो हुस्सु र शीतलहरले त तराईको जनजीवन नै कष्टकर बनाउँदै छ, गर्मीमा खपी नसक्ने ताप वर्षातमा बाढी। प्रकृत्तिले नि मधेसमाथि गर्नसम्मको जोरजुलम गर्‍यो,’ कालो जिन्स र ज्याकेट लगाएको त्यो ठिटोले रिक्सावालासित भन्यो।


‘आज माय कति खुसी होली, अचम्म लाग्ला, मैले कुनै खबरै नगरी आएको देखेर। यो संसारमा मेरो मायबाहेक अरू को नै छ ररु म त पुग्नेबित्तिकै उनको आँखा छोप्छु र भन्छु ल चिन त को हो माय रु म मेरो मायको सबै चाहना पूरा गर्छु। आहा मेरो माय मलाई यतिका वर्षपछि देखेर कति खुसी होली र यो कम्बल देखेर त झन् कति!’


हैन, के भाको यो रु केको भीड होला बगर किनारमारु रामराम सत्य है, सबका यही गत्य है, को स्वर गुन्जियो एकैचोटि † हातको कम्बल बिस्तारै झर्‍यो पार्थिव शरीरमाथि, भक्कानो छुट्यो लक्षमणाको। उसको क्रन्दन र विलापले कसको मुटु थाम्या होला रु रुन थाल्यो आज पूरै बस्ती, शोक फेरि छायो पूरै गाउँमा। भोलिपल्ट पत्रिकामा मोटो अक्षरमा छापियो जाडोले कठ्याङ्ग्रिएर मर्नेहरूको संख्या आज ६१ पुग्यो।


चौकमा आज दिउँसो फेरि एउटा मोटर रोक्याछ, एक हूल मान्छेहरूको भीड। रामसेवक सबको नाम पालैपालो बोलाउँदै छ। सुखिया, भन्नेबित्तिकै लरबराउँछ उसको स्वर। रामभरोस भन्छ, गाउँका ७ जनाभन्दा बढी कठ्याङ्ग्रिने जाडोले देहत्याग गरिसके, अब यो कम्बल बाँड्नुको के अर्थ छ सरकार!

-मञ्चला झा

प्रकाशित : माघ १३, २०७४ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?