२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३०

यस्तो पनि

३६५ दिन १९६ किताब

काठमाडौ — लेखिका एन मोर्गनले गएको वर्ष अचानक निर्णय गरिन्- 'अबको एक वर्ष म पढ्ने काम मात्रै गर्छु ।' यो पढ्ने काम भन्नाले तपाईं हामीले घरमा बसेर अखबार र किताब पढेजस्तो मात्रै होइन । उनले यसलाई पूरै 'प्रोजेक्ट वर्क' बनाइन् ।

संसारलाई बुझ्नु छ भने त्यो देशको साहित्य बुझ्नुपर्छ भनेर संयुक्त राष्ट्रसंघले मान्यता दिएका १९५ देश र ताइवानसमेत गरी १९६ देशको किताब पढ्ने कार्यसूची बनाइन् ।
मोर्गनले आफ्नो यो पढ्न्ते अभियानलाई 'अ इअर अफ रिडिङ दी वल्र्ड' नाम दिइन् । यही नाममा उनले ब्लग बनाइन् । ट्विटरका माध्यमले पाठकहरूसँग अन्तरक्रिया गरिन् । संसारका हरेक देशलाई बुझ्ने एउटा किताब कसरी छान्नु ? त्यो उनका लागि निकै कठिन काम भयो । उनले एउटा अनुसन्धान समूह बनाएर त्यसरी छान्ने कामको जिम्मा लगाइन् । सबै काम आफैंले गर्दा उनीसँग किताब पढ्ने समय बाँकी हुन्थेन ।
उनको अभियान सजिलै गरी अघि बढेन । केही देशहरूमा कुनै किताब नै निस्केको थिएन । दक्षिण सुडान भर्खरै नयाँ राष्ट्र बनेको थियो । त्यहाँ कुनै नयाँ किताब निस्केको थिएन । संयोगले उनका स्थानीय एजेन्टले लेखिका जुलिया ड्वानीसँग सम्पर्क गराइदिए । त्यसपछि जुलियाले उनका लागि एउटा कथा लेखिदिइन् । होइन भने उनी प्लेन चार्टर्ड गरेर त्यहाँ जानुपथ्र्यो र कोही मान्छेसँग कथा सुन्नुपथ्र्यो ।
यति पढिसकेपछि निश्चय पनि हाम्रो मनमा प्रश्न उठ्छ, मोर्गनले नेपाली किताब पनि पढिन् होलिन् नि होइन ? पकै हो । अंग्रेजी मात्रै पढ्ने हुनाले उनले नेपाली भाषामा लेखिएका किताब पढ्न सक्ने त कुरै भएन । कुन नेपाली किताब पढ्ने त ? कसरी छान्ने त्यो किताब ? उनले अंग्रेजीमा अनुवाद भएका नेपाली लोककथाहरूको संग्रह भेटिन् । त्यो पनि सजिलै भेटिएको होइन ।
उनले आइओवा विश्वविद्यालयको अन्तर्राष्ट्रिय लेखन कार्यक्रममा सम्पर्क गरिन् । त्यो कार्यक्रममा अहिलेसम्म १ सय ४० देशका लेखक/सम्पादकहरूले भाग लिइसकेका थिए । त्यसको अलुम्नाईमा उनले अजित बरालको नाम देखिन् । उनलाई सम्पर्क गरिन् र बरालले आफैंले अनुवाद गरेको 'दी लेजी कोनम्यान एन्ड अदर स्टोरिज' सिफारिस गरे ।
यति धेरै किताब पढिसकेपछि मोर्गनलाई लागेको छ, 'मेरो दृष्टिकोण साँच्चिकै बदलिएको छ ।'

प्रकाशित : पुस १३, २०७० १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?