कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

७ करोड ट्वीटर एकाउन्ट डिलिट

हेलो टेक

काठमाडौँ — माइक्रो ब्लगिङ साइट ट्वीटरले पछिल्ला दुई महिनामा ७ करोड एकाउन्टहरू डिलिट गरेको छ । वासिङ्टन पोस्टले छापेको खबरअनुसार सफ्टवेयरमार्फत स्वचालित रूपमा सञ्चालन रहेका, नक्कली एकाउन्टहरू डिलिट गरेको जनाइएको छ ।

७ करोड ट्वीटर एकाउन्ट डिलिट

ट्वीटरले यसबारेमा कुनै टिप्पणी नगरे पनि आफ्नो प्लेटफर्मलाई सफा गर्नका लागि प्रभावकारी कदम उठाइएको दाबी गरेको छ ।


सोसल मिडियामा सफ्टवेयरद्वारा सञ्चालित हुने थुप्रै नक्कली एकाउन्टहरू रहेको खुलासा गर्ने अनुसन्धानकर्ता जुआन गुजम्यानले ट्वीटरले वर्षौंसम्म पनि यस्ता नक्कली एकाउन्टबारे बेवास्ता गरेको दाबी गर्छन् ।


ट्वीटरले पछिल्लो दुई महिनामा डिलिट गरेको एकाउन्टको संख्याले पनि सोसल मिडियामा रहेका नक्कली एकाउन्टको बिगबिगीको प्रभाव इंगित गर्छ ।

प्रकाशित : असार २९, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?