१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

ह्वाट्समा फरवार्ड लिमिट

कान्तिपुर संवाददाता

काठमाडौँ — ह्वाट्सएपले एउटा म्यासेज ५ पटकभन्दा बढी फरवार्ड गर्न नमिल्ने फिचर लागू गरेको छ ।

ह्वाट्समा फरवार्ड लिमिट

यसै साता सबै प्रयोगकर्तासमक्ष यो फिचर पुग्ने ह्वाट्सएपको अपेक्षा छ । फेसबुक स्वामित्वको म्यासेजिङ एपमार्फत फैलिएको अफवाहले भारतमा कैयौंको ज्यान लिएको सार्वजनिक भएको छ ।


ह्वाट्सएमार्फत सेयर हुने गलत तथ्य वा अफवाहका कारण मानिसहरू हिंसात्मक बन्ने र धार्मिक तथा जातीय द्वन्द्व बढेको भन्दै भारतमा केही महिना अघिदेखि नै यो फिचर प्रयोगमा छ । अब भने ह्वाट्सएपका सबै प्रयोगकर्तालाई यो नियम लागू हुनेछ ।


आफ्नो एपमार्फत हुने अफवाह नियन्त्रण गर्न यस्तो फिचर सार्वजनिक गरेको कम्पनीले जनाएको छ । फरवार्ड म्यासेजको सीमितताले ह्वाट्सएप व्यक्तिगत कुराकानी वा सानो समूहमा कुराकानी गर्ने प्लेटफर्म बन्ने कम्पनीको विश्वास छ ।

प्रकाशित : माघ ११, २०७५ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अतिरिक्त भत्ता स्वत: नपाए त्रिवि ठप्प पार्ने कर्मचारीहरूको धम्कीलाई के भन्नुहुन्छ ?