कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

लोकगायक कुमार बस्नेतलाई दीर्घ साधना सम्मान

काठमाडौँ — लोकगायक कुमार बस्नेतलाई दीर्घ साधना सम्मान (लाइफ टाइम अचिभमेन्ट)बाट सम्मान गरिने भएको छ । दरबार रोधी क्लबको १६ औं वार्षिकोत्सवको अवसरमा गायक बस्नेतलाई जेठ ३२ मा कार्यक्रम आयोजना गर्दै सम्मान गर्ने भएको हो । 

लोकगायक कुमार बस्नेतलाई दीर्घ साधना सम्मान

'छोरीभन्दा आमा तरुनी', 'लैबरी लै', 'डल्ली मगरनी हो'जस्ता चर्चित लोकगीत गाएका ८१ वर्षीया बस्नेतले समाजका विकृति, विसंगति, कुसंस्कारलाई लोकगीतमार्फत प्रस्तुत गर्दै आइरहेकाले सम्मान गर्ने भएको क्लबका अध्यक्ष अशोक गिरीले बताए ।

बस्नेतलगायत लोकदोहोरी क्षेत्रका अन्य गायक बद्री पंगेनी, सुनिता दुलाल र कृष्ण आँशुलाई पनि विशेष सम्मान प्रदान गरिने बताइएको छ ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ प्रमुख अतिथि र चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी विशेष अतिथिका रुपमा सम्मान कार्यक्रममा सहभागी हुने बताइएको छ । दोहोरी साँझ नै लोकदोहोरी कलाकारको पहिलो खुड्किलो हुने हुँदा क्लबले लोकगीत गायक/गायिकालाई सम्मान गर्ने भएको अध्यक्ष गिरी बताउँछन् ।

'दोहोरी साँझ लोकदोहोरी कलाकारको करिअरको पहिलो खुड्किलो हो, लोकदोहोरी संगीतको पहिलो पाठशाला र रियाज गर्ने थलो पनि हो । हामीले हाम्रो वार्षिकोत्सवलाई लोकदोहोरी संगीतको उत्सवका रुपमा मनाउने निर्णय गरेका छौं । त्यही अवसरमा संगीत र पत्रकारितामार्फत लोकदोहोरी क्षेत्रमा योगदान पुर्‍याउनेलाई सम्मान गर्ने निर्णय गरेका हौं,' दरबार रोधी क्लबका अध्यक्ष गिरीले बताए ।

प्रकाशित : जेष्ठ २७, २०८१ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×