बालगायक अशोक दर्जीको जीवनमा आधारित फिल्म बन्ने
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — बालगायक अशोक दर्जीको जीवन र सांगीतिक करिअरको उतारचढावमा आधारित फिल्म बन्ने भएको छ । एनआरएनए उपमहासचिव एवं युवा व्यवसायी विनय अधिकारीले ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ फिल्म निर्माण गर्न लागेको बताए । फिल्म अधिकारी र टंक बुढाथोकीको संयुक्त लगानीमा बन्ने जनाइएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![बालगायक अशोक दर्जीको जीवनमा आधारित फिल्म बन्ने](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/ashok-darjee-1942024031834-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
निर्माताले चलचित्र विकास बोर्डमा ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ शीर्षकको फिल्मका लागि निर्माण इजाजत समेत लिइसकेका छन् । फिल्मको पटकथा शिवम् अधिकारीको रहेको छ । उनले निर्माताद्वय टंक बुढाथोकी र विनय अधिकारीलाई फिल्मको स्क्रिप्ट बुझाइसकेको बताए ।
शिवमका अनुसार बालगायक दर्जीको संगीत करिअरमा टंकले पुर्याएको योगदान र कथित तल्लो जातको मान्छेलाई आफ्नो घरमा राखेर दिएको जातीय सहिष्णुताबारेको सन्देश नै फिल्मको मुख्य कथावस्तु रहेको बताए । फिल्मको नाम पाँच वर्षअघि रिलिज भएको चर्चित गीत ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ बाट तय गरिएको हो ।
अधिकारीले गत साता आफ्नै शब्द र अभिनयमा रहेको ‘दुनिया नै लट््ठ छ’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका थिए । ग्लोवल गोर्खा समाजका पूर्वअध्यक्ष तथा वर्तमान संरक्षक अधिकारी लामो समयदेखि गैरआवासीय नेपाली संघ (एनआरनए) मा आवद्ध छन् । गोरखामा जन्मिएर काठमाडौं र लण्डनलाई कर्मथलो बनाउँदै आएका अधिकारी शैक्षिक परामर्शदाता पनि हुन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)