कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

'नेपाली कथा'मा वैदेशिक रोजगारीले दिएको पीडा

काठमाडौँ — वैदेशिक रोजगारी  र यसको अँध्यारो पाटो समेटिएको नयाँ गीत सार्वजनिक भएको छ । 'नेपाली कथा' बोलको गीतलाई इन्द्रबम मल्लले बजारमा ल्याएका हुन् । गीतको भिडियोमा भविष्यको सपना बुनेर विदेशिएका नेपाली युवाको कथा प्रस्तुत छ ।

'नेपाली कथा'मा वैदेशिक रोजगारीले दिएको पीडा

मल्लकै शब्द/संगीत/स्वर रहेको गीतमा संगीता राना प्रधानको पार्श्व गायन छ। भिडियोमा मल्लसँगै मिथिला शर्मा, आशा थापा, लिना थापा, ममिता पुन, कृति मल्ल ठकुरी, सन्तोष थापा र बालकलाकार समय/शिवांशले अभिनय गरेका छन्।

हेमराज आश्रमद्वारा निर्देशित भिडियोमा शम्भु चालिसेको छायांकन र नवीन घर्तीमगरको सम्पादन छ ।

प्रकाशित : चैत्र २१, २०८० १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×