कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उनकै सम्झना उनकै गीत

काठमाडौँ — वरिष्ठ गायिका शोभा तिवारी लोहनीले नेपाली लोक संगीतको खोज, अनुसन्धान र प्राध्यापनमा शोभाले ठूलो योगदान पुर्‍याएकी थिइन् ।

उनकै सम्झना उनकै गीत

उनै शोभाप्रति समर्पित गरी एल्बम ‘संगीत र सर्मपण’ ल्याएको छ । बुधबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा कवि तथा संस्कृतिविद् तुलसी दिवसले एल्बमको लोकार्पण गरे ।

क्यान्सरका कारण नौ वर्षअघि दिवंगत भइसकेकी शोभाको परिवारले उनीप्रति समर्पित गर्दै उनैले गाएका गीतहरूको संग्रह निकालेको हो । संग्रहमा ‘बिर्से पनि मलाई तिमीले..’, ‘सँधै हरिलो सँधै भरिलो..’, ‘मेरो दिलको एक ईश्वरलाई...’, ‘प्रभुको पदमा..’, ‘हे प्रभु कृष्ण..’, ‘कलिलो राम्रो हजुरको पाउ..’, ‘नेपाल जननी बन्दे...’, ‘लौन गरौँ..’ लगायत ११ वटा लोक गीत र भजन समावेश छन् ।

एल्बममा शोभाले नै संगीत र रचना गरेको एउटा गीत पनि छ भने महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि कृष्णप्रसाद पराजुली, लक्ष्मण लोहनी, गौरी नेवा, रवीन्द्र शाह, विक्रम राणा, भैरव नाथ रिमाल, खेमराज केशवशरण, किशोर थापा, ओमकार गर्ताैलाको रचना रहेको छ । संगीत नातीकाजी, हुतराज शर्मा, दिपक जंगम, कृष्णमान डंगोल, गोपाल योञ्जनले भरेका छन् । शोभाले तीन दशक नेपाल ललितकला क्याम्पसमा प्राध्यापनसमेत गरेकी थिइन् ।

कार्यक्रममा शिला विष्ट, मिनु वाइबा, रचयिता थपलिया, राधिका भण्डारी र शोभासँग संगीत सिकेका विद्यार्थीले शोभाद्वारा गाइएको गीतहरूको लाइभ प्रस्तुतिसमेत दिए ।

प्रकाशित : भाद्र २१, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?