‘तिमी र म’ बन्ने
काठमाडौँ — डेब्यु फिल्म ‘लम्फू’ ले अपेक्षित सफलता नपाए पनि यसका मुख्य अभिनेता कविर खड्काले दोस्रो फिल्म पाएका छन् । बुधबार निर्माण घोषणा गरिएको ‘तिमी र म’ मा कविर मुख्य भूमिकामा रहनेछन् ।
झन्डै ९० प्रतिशत छायांकन अस्ट्रेलियामा हुने फिल्मलाई सरोज पोखरेल र मेट विलियम्सले संयुक्त रूपमा निर्देशन गर्ने छन् ।
सुनौलो भविष्यको सपना बोकेर अस्ट्रेलिया पुग्ने नेपाली युवाहरूको विषयमा केन्द्रित रही बन्न लागेको ‘तिमी र म’ मा कविरको जोडी सूर्या थापा हुनेछिन् । सूर्याको यो पहिलो फिल्म हो । लभस्टोरी जानरामा बन्न लागेको फिल्मलाई एनएसएम क्रिएसनको ब्यानरमा कमला पोखरेल, चन्द्रबहादुर खड्का र भूषण पोखरेलले संयुक्त रूपमा निर्माण गर्ने भएका छन् ।
कविरले पटकथा मन परेकोले फिल्म खेल्न राजी भएको बताए ।
प्रतिक्रिया