कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रकाशको ‘बोल माया’

विमल खतिवडा

काठमाडौँ — फरक गीत गाउन रुचाउने लोकदोहोरी गायक प्रकाश सपुत मार्मिक गीत लिएर दर्शक श्रोतामाझ आएका छन् ।

प्रकाशको ‘बोल माया’

आफ्नै शब्द र संगित रहेको ‘बोल माया’ गीतले अहिले सबैको ध्यान तानेको छ । सातायता युट्युव ट्रेन्डिङको पहिलो स्थानमा रहन सफल गीत बैदेशिक रोजगारीमा जानेहरुको कथामा आधारित छ ।

बैदेशिक रोजगारमा जाँदा घट्ने घट्नाक्रमलाई समेटेर तयार पारिएको गीतको भिडियोले सबैलाई भावुक बनाउँछ । गीतमा सपुतसँगै नारायण रायमाझी र शान्तिश्री परियारको आवाज सुन्न सकिन्छ । गीतमा सपुतसँगै अञ्जली अधिकारी, देबेन्द्र बाबु र सीतारे गन्धर्वले अभिनय गरेका छन् ।

प्रकाशित : जेष्ठ ११, २०७५ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?