कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिसेज् हङकङ नेपालको तयारीमा सुगारिका

किसन राई

हङकङ — कोरियोग्राफर तथा ट्रेनर, ११ औं मिस नेपाल सुगारिका केसीले प्रथम मिसेज हङकङ, नेपालको तयारीप्रति आफु सन्तुष्ट रहेको बताएकी छन् । उनी बिहीबार मात्र यहाँ आइपुगेकी हुन् ।

मिसेज् हङकङ नेपालको तयारीमा सुगारिका

‘अहिलेसम्मको तयारी मैले सोचेको भन्दा धेरै राम्रो रहेछ’ सहभागीहरुले परिचय प्रस्तुत गरिसकेपछि उनले भनिन्, ‘विनोदजीलाई धन्यवाद ! पार्टिसिपियन्ट्सहरुको पर्फर्मेन्सले म उत्साहित भएकी छु, कोसिस गर्नुहोस् यो भन्दा धेरै गर्न सकिन्छ ।’


पन्ध्र दिनअघि सम्पन्न अडिसनबाट छानिएका ११ प्रतियोगीलाई ट्रेनर तथा कोरियोग्राफर विनोद बस्नेतले प्रारम्भिक तालिम दिइरहेका छन् । उक्त अडिसनबाट पविता राई, नानु गुरुङ, मञ्जु थापा, रिन्जी डोल्मा, निता थापा मगर, सविता इङनाम, करुणा प्रधान, अनिता तामाङ, अनिता राई, शान्ति खत्री र सरु चाम्लिङ छानिएका छन् ।


उक्त प्रतियोगिता स्थानीय हेनरी जी ल्योङ याउमोत कम्युनिटी सेन्टरमा वैशाख ३० (मे १३) का दिन सम्पन्न हुनेछ । प्रतियोगिताका शीर्ष तीन विजयीले ७, ५ र ३ हजार नगद हङकङ डलरसहितको पुरस्कार प्राप्त गर्नेछन् ।


आयोजक नेपाली महिला संघकी अध्यक्ष राधिका गुरुङका अनुसार हङकङमा रहेका विवाहित नेपाली महिलाको व्यक्तित्व विकास र सशक्तिकरणका लागि प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रकाशित : वैशाख २१, २०७५ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?