किसन राई

सिर्जनालाई हङकङमा सफलता

हङकङमा सम्पन्न क्युनेट गोर्खा ट्रेलब्लेजरको २६ किलोमिटरको अल्ट्रा ट्रेल रेसमा नेपालकी सिर्जना राई १८–२९ उमेर समूहमा पहिलो भएकी छन् ।

चेपाङ बस्तीको स्वास्थ्यचौकीलाई हङकङबाट सात लाख

मकवानपुरको चेपाङ बस्तीमा निर्माणाधीन स्वास्थ्यचौकीका लागि प्रथम मिसेज हङकङ नेपाल टीमले सात लाख सहयोग गर्ने भएको छ । मिस नेपाल श्रृङ्खला खतिवडाको प्रोजेक्ट उक्त स्वास्थ्यचौकी कैलाश गाउँपालिका–७ ताम्लाङमा रहने छ ।

हङकङमा भानुजयन्ती

यहाँ अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्य दिवस एवं आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्म जयन्ती मनाइएको छ । गैरआवासीय नेपाली संघ हङकङले चुम्लुङ हिममा आयोजना गरेको कार्यक्रममा नेपाली भाषा तथा साहित्यप्रेमी र संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

किसन राईका लेखहरु :