कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टीएनएफएफले गर्‍यो फिल्म आह्वान

काठमाडौँ — पछिल्लो समय मुलुकबाहिर नेपाली फिल्म प्रवद्र्धनका अनेक अभियान हुँदै आएका छन् । क्यानडाको टारेन्टोमा झन्डै एक दशकदेखि नेपाली फिल्म फेस्टिभल नै हुँदै आएको छ ।

टीएनएफएफले गर्‍यो फिल्म आह्वान

नेपाली फिल्म प्रेमीहरूको सानो समूहले सुरु गरेको यो टोरन्टो नेपाली फिल्म फेस्टिभल (टीएनएफएफ) ले नवौं संस्करणमा प्रवेश गरेको छ । सोमबार फेस्टिभलले आफ्नो नयाँ संस्करणका लागि फिल्म आह्वान गरेको छ ।


यस पटक फेस्टिभल युनिभर्सिटी अफ टोरेन्टोको इनिस टाउन हलमा आउँदो मे महिनाको १९ तारिखमा हुँदै छ । त्यसका लागि यही फ्रेबुअरी २८ सम्ममा फिल्म पठाइसक्नुपर्ने विज्ञप्तिमा जनाइएको छ । संसारको जुनसुकै देशबाट नेपाली फिल्ममेकर बनाएको फिल्म, छोटो फिल्म, डकुमेन्ट्रीजस्ता सिर्जना फेस्टिभलमा पठाउन सकिनेछ । फेस्टिभलमा अडियन्स च्वाइस र जुरी च्वाइस अवार्डसहित क्रमश: १५ सय र ५ सय क्यानेडियन डलर प्रदान गरिँदै आएको फेस्टिभलका नेपाल संयोजक संगम पुलामीले विज्ञप्तिमा जनाएका छन् । यसबाहेक फेस्टिभलमा सहभागी फिल्मले दर्शकबाट टिकटबापत् उठेको पैसा पाउने बताइएको छ ।

प्रकाशित : माघ १७, २०७४ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?